७ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रीय सदस्यसहित चार नेता फेरि पक्राउ परेका छन् ।
केन्द्रीय सदस्यद्वय चूडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ तथा रोल्पा जिल्ला सेक्रेटरी चित्रबहादुर बुढा र सहिद परिवारका सदस्य लालबहादुर ओली ‘विश्व’ लाई वैशाख ६ गते दाङ...बाँकी
५ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार आह्वान गरेको नेपाल बन्दका क्रममा देशभरका विभिन्न ठाउँमा शक्तिशालीदेखि सामान्यखाले बम फेला परेका छन् ।
कतै बम विष्फोट भएका खबर छन् भने कतै विष्फोटअघि नै सुरक्षाकर्मीले डिस्पोज गरेका खबर प्राप्त भैरहेका छन् । यसै क्रममा पाल्पा...बाँकी
४ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
कामना, साधना, महानगर र नेपाल समाचारपत्रको प्रकाशन संस्था ‘कामना प्रकाशन समूह’ का अध्यक्ष एवं प्रधान सम्पादक रहेका वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ ।
उपचारका क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ः४९ मिनेटमा श्रेष्ठको निधन भएको जानकारी कामना प्रकाशन समूहमै ...बाँकी
३ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
२०७२ वैशाख १२ र २९ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको क्षति अझै पूर्ति हुन सकिरहेको छैन र नेपालीको मनमनमा सो भूकम्पको त्रास कायमै छ ।
यसैबीच फेरि गोरखा नै केन्द्रविन्दु भएर मंगलबार भूकम्पको गएको छ । मध्याह्न १२ बजेर ३४ मिनेट जाँदा भूकम्पले ४.५ रेक्टर स्केलको धक्का दिएको राष्ट्रि...बाँकी
२ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
नयाँ वर्षको सुरुआतसँगै सोमबार बिहान बाजुरामा भूकम्पको धक्का महशुस गरिएको छ ।
छिमेकी जिल्ला बझाङको जयपृथ्वीलाई केन्द्रविन्दु बनाएर स्थानीय समयानुसार बिहान ४ बजेर २७ मिनेट जाँदा ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।
भूकम्पले कुनै मानवीय तथा भौतिक संरचनामा क्षत...बाँकी
३० चैत्र, २०७५ |
काठमाडौं, ३० चैत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कञ्चनपुर कृष्णपुर नगरपालिका सेक्रेटरी पक्राउ परेका छन् ।
४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले...बाँकी
३० चैत्र, २०७५ |
सीबी अधिकारी/रासस
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ ।
वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन् । सगरमाथा आरोहणका लागि क्याम्प– २ सम्म बाटो बनाउने काम सम्पन्न भएको सगरमाथ...बाँकी
२९ चैत्र, २०७५ |
काठमाडौं, २८ चैत ।
उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुलीको दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ ।
उनीहरुसँगै चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् भने लालबहा...बाँकी
२७ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
आफ्नै घरको छानाबाट खसेको टायलले लागेर सिरहामा एक नागरिकको निधन भएको छ । घरको छानाबाट खसेको टायलले लागी गोलबजार नगरपालिका– ११, बलकावाका ५२ वर्षीय रामअवतार सदाको निधन भएको प्रहरीले जनाएको छ ।
घरमै सुतिरहेका बेला मंगलबार अपराह्न छानाबाट एक्कासि खसेको टायलले टाउकामा लाग्दा गम्भीर घाइते भएका सदाको ...बाँकी
२६ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
दोलखामा मंगलबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ ।
दोलखाको चाँखुलाई केन्द्रविन्दु बनाएर दिउँसो करिब १ः०५ बजे ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो २० दिनमा नेपालमा यस्तै साना ४ वटा भूकम्प गएका छन् ।
मंगलबारै बिहान पनि ८ः३७ मा पनि बैतडी, दा...बाँकी