१६ चैत्र, २०७५ |
राँझा, १६ चैत ।
बाँकेको कोहलपुर नगरपालिका– ३, मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जिपको ठक्करबाट शनिबार दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका– ८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका– १, चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी क...बाँकी
१६ चैत्र, २०७५ |
काठमाडौं, १६ चैत ।
‘नेपाल लगानी सम्मेलन, २०१९’ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालका लागि ‘नयाँ संविधान’ को कार्यान्वयन र राजनीतिक स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको बताएका छन् ।
आ–आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै ‘नेपालले लगानी सम्मेलन गरेर वैदेशिक लगानीका लागि उ...बाँकी
१५ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रुपेन्देहीस्थित पार्टी कार्यालय प्रहरीले डोजर चलाएर भत्काइदिएको छ । बुटवलस्थित पाल्पारोडमा रहेको ‘रातो घर’ डोजर चलाएर प्रहरीले भत्काइदिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु र नेपाल प्रहरी मिलेर सो कार्यालयमा केही दिन अगाडि ताला...बाँकी
१४ चैत्र, २०७५ |
काठमाडौं, १४ चैत ।
सरकारले केही दिनअघि पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई तीन दिनभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।
प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बिहीबार नेता वली...बाँकी
१४ चैत्र, २०७५ |
एजेन्सी/रासस
तालिबान लडाकु समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको झडपका क्रममा अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा कम्तिमा सात प्रहरी मारिएका छन् । प्रान्तीय परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिनु भएका हुन् ।
जाबुल प्रान्तको सिआरी जिल्लामा उक्त झडप भएको बताइएको छ । विस्तृत विवरण भने अझै प्राप्त भएक...बाँकी
१४ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उक्त पार्टी र त्यसका गतिविधिबारे सञ्चार माध्यमहरुमा आएका समाचार–सामग्रीप्रति दुःखेसो प्रकट गर्दै आफ्नाबारे प्रकाशित–प्रशारित समाचारहरुको ‘अमूर्त ढंगले खण्डन’ गरेको छ ।
‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मि...बाँकी
१३ चैत्र, २०७५ |
धनगढी, १३ चैत ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘लोकतन्त्र कर्मकाण्डी जस्तो भएको’ बताएका छन् ।
बुधबार धनगढीमा आयोजित खुला अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले कर्मकाण्डी र परम्परावादी लोकतन्त्रलाई सच्चा र विकसित लोकतन्त्र बनाउन नयाँ शक्ति पार्टी लागेको बताए । दुईत...बाँकी
१३ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चैत १६ का लागि आह्वान गरेको ‘नेपाल बन्द’ सो पार्टीले फिर्ता लिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग, बार एसोसियसन र एसईई परीक्षा दिइरहेका विद्यार्थीहरुका अभिभावकको आग्रहमा नेपाल बन्द फिर्ता लिइएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले...बाँकी
१३ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ लाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ ।
मोरङको सुन्दरहरैचाबाट प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । दसवर्षे जनयुद्धका बेला जनमुक्ति सेनामा काम गरेका र शान्ति प्रक्रियाको दशकभर पत्रकारिता...बाँकी
१२ चैत्र, २०७५ |
काठमाडौं, १२ चैत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र त्यसका सम्पूर्ण क्रियाकलापमाथि ‘प्रतिबन्ध’ लगाएर सरकारले देश्व्यापी रुपमा गिरफ्तारी र धरपकड तीव्र बनाइरहेका बेला समाजका विभिन्न तह–तप्काले सरकारी कदमप्रति असन्तुष्टि जाहेर गदै वार्ताबाट समाधान खोज्न सुझाउँदै आइरहेका छन् ।
यसै मेसोमा मं...बाँकी