newskoseli.Com

हजारौं कुखुरा मरे, ‘बर्डफ्लु’ प्रमाणित : ४ किल्ला तोकी टोली परिचालन

दुई साताअघि हेटौंडामा हजारौं कुखुरा मर्नुको कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चार किल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरिसकिएको छ । हेटौंडाका किसान कुलप्रसाद चौलागाईंले पालेका कुखुराको नमूना परीक्ष...बाँकी

गृह मन्त्रालयको आग्रह : ‘जो–जोसँग हतियार छन्, ३५ दिनभित्र बुझाऊ !’

कसैले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा बुझाउन गृह मन्त्रालयले आग्रह गरेको छ । मन्त्रिपरिषदको २०७५ फागुन २८ को निर्णयअनुसार गृहले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी कानुनबमोजिम लिनुपर्ने इजाजत ...बाँकी

विप्लवप्रतिको कटाक्ष दोहोर्‍याउँदै प्रधानमन्त्रीले भने : ‘आतङ्क मच्चाउँदै लुटपाट गर्नेसँग वार्ता हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने’ बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा ‘बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको’ दावी उनले गरेका हुन् । ...बाँकी

‘स्मार्ट लाइसेन्स’ : ७ महिना यताका मात्रै छापिन बाँकी

सात महिनादेखि यताका मात्रै ‘स्मार्ट लाइसेन्स’ (चालक अनुमतिपत्र) वितरण गर्न बाँकी रहेको यातायात व्यवस्था विभागले बताएको छ । झन्डै ४ लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताएका छन् । उनका अनुसार यसअघि सेवाग्राहीले आवेदन दिएको एक व...बाँकी

नेकपा (विप्लव) ले चन्दा माग्दै धम्की दिएको ‘जनप्रतिनिधि’ को दावी : प्रहरीसँग मागे ‘कडा सुरक्षा’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचार गर्नुका साथै चन्दा मागेर धम्की दिएको दावी गरेका छन् । उनीहरुले पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि ‘सुरक्षा चुनौती बढ्न सक्ने...बाँकी

१० हजार स्थानमा वर्ल्डलिंकले निःशुल्क इन्टरनेट दिने

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अनुसार कम्पनीको आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने जानकारी वर्ल्डलिंकले प्रमुख कार्यकारी निर्...बाँकी

बिहानै डोजरमा आगजनी, घटनास्थलमा आरोप र नारासहितको पर्चा

कृष्णपुर नगरपालिका– ५, गुलरीस्थित ‘महाकाली गौरव विल्डर्स’ को क्रसर उद्योगको जेसीभीमा सोमबार बिहान अज्ञात समूहले आगो लगाइदिएको छ । क्रसर उद्योगमा राखिएको ४५ लाख रुपैयाँ मूल्य पर्ने से १ क २५८ नम्बरको जेसीभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार जेसीभीमा पेट्रोल छर्केर आगजनी गरिए...बाँकी

किरियापुत्री भेट्न हेलिकप्टर चढेर पुगे कांग्रेस नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हेलिकप्टर चढेर किरियापुत्री भेट्न पुगेका छन् । नेता पौडेलले आइतबार कुश्मा नगरपालिका– ३, दुर्लुङका दिवंगत थमनसिंह गुरुङको परिवारलाई भेट गरेका हुन् । साविकको धौलागिरिका म्याग्दी, बागलुङ र पर्वतका विभिन्न कार्यक्रममा सहभागी हुन सभापति शेरबहादुर देउवासँग...बाँकी

सडकका सौर्यबत्ती धमाधम उखेल्दै ठेकेदार, आखिर किन ?

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले धमाधम उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौता अनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न सुरु गरेका हुन् । पिपल्ला बजारमा जडान भएका ३० सौर्यबत्तीमध्ये ७...बाँकी

गगन थापाको विरोधाभाष : ‘सभापतिले गुट बनाउन मिल्दैन, अरुले बनाउँदा हुन्छ’

नेपाली काङ्ग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले सभापतिले गुट बनाउन नमिल्ने तर अरुले बनाउन मिल्ने अभिव्यक्ति दिएका छन् । पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्नुपर्ने बताउँदै सांसद थापाले भने– ‘पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुट–उपगुट बनाउन मिल्छ तर सभापति हुँदा पनि गु...बाँकी