newskoseli.Com

सीके राउतलाई रिहा गर्न सर्वोच्चको आदेश, भन्यो– ‘दसी प्रमाण फेला परेन’

राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका डा. सीके राउत भनिने चन्द्रकान्त राउतलाई तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी आदेश जारी गरेको हो...बाँकी

२ किलो सुनसहित २ जना पक्राउ

कैलालीको चिसापानीमा प्रहरीले २ किलो ३ सय ग्राम सुन र चाँदीका पूजा सामग्रीसहित २ जनालाई पक्राउ गरेको छ । पूर्वबाट धनगढीतर्फ आउँदै गरेको बा १९ च ७४१३ नम्बरको जिप बुधबार राति १०ः४५ बजे चिसापानीमा पुगेको समयमा चेकजाँच गर्दा उक्त परिणामको सुन र चाँदीका सामग्री बरामद भएको जानकारी चिसापानी प्रहरी कार्या...बाँकी

दुई मोटरसाइकल ठोक्किँदा राईको निधन, करेन्ट लागेर छुक्काको मृत्यु

मध्यपुर थिमी– २, सानोठिमीस्थित वन कार्यालयको ओरालोमा बिहीबार दुई वटा मोटरसाइकल एकापसमा ठोकिएर लडेका बेला विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा ७४ प ५५३ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश– ३–०२–००२...बाँकी

मन्त्रीसहितको हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको फुङ्लिङ नगरपालिका– १० स्थित तारेभीरको जङ्गलमा दुर्घटना हुँदा हराएको नेपाली सेनाको पेस्तोल फेला परेको छ । फागुन १५ मा हेलिकप्टर दुर्घटना हुँदा उनका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे...बाँकी

मध्यपुरमा भक्तपुरकै पहिलो ‘भ्यु–टावर’ : उपत्यका अवलोकनको राम्रो अवसर

लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा मध्यपुरथिमि नगरपालिकाले भक्तपुरकै पहिलो दृश्यावलोकन स्तम्भ (भ्यु–टावर) निर्माण गर्ने भएको छ । त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीन तलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी द...बाँकी

गाउँपालिकाको छतबाट खसेर मुक्तेश्वर मन्दिरका पुजारीको मृत्यु

गाउँपालिका कार्यालयको छतबाट खसेर बेथानचोक गाउँपालिका– २, नयाँवस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका ४२ वर्षीय पुजारी हरिप्रसाद तिमल्सिनाको मृत्यु भएको छ । उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा पुजारी तिमल्सिनाको मङ्गलबार राति बाटामै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण ...बाँकी

उद्योगी र निगमबीच समझदारी, हट्यो ग्यासको अवरोध

खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सुचारू हुने भएको छ । नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच मंगलबार भएको समझदारी अनुसार ग्यास उद्यमी–व्यवसायीले मंगलबारैदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासको पीडीओ खरिद गरी एलपी ग्यासको बिक्री–वितरण सञ्चालन गर्ने भएका...बाँकी

प्रहरीको दावी : ५ हतियारसहित ४ जना पक्राउ

रुपा गाउँपालिका– ७, तालबेंशी र तिलखोरियाबाट ५ थान हतियारसहित ४ जना पक्राउमा परेका छन् । ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगरलाई ५ थान हतियारसहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुको साथब...बाँकी

‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ : सर्वोच्चको आदेशलाई वादी समुदायको स्वागत

‘नथिया’ र ‘ऐलानी’ उपन्यास तथा ‘पण्डित बाजेको लौरी’ चलचित्रबारे सर्वोच्च अदालतबाट हालै भएको निर्देशनात्मक आदेशको वादी समुदायले स्वागत गरेको छ । राष्ट्रिय वादी परिषदले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी भदौ १८ मा वादी समुदायका अगुवाले संयुक्त रुपमा दायर गरेको मुद्दाबारे अदालतले फागुन १५ मा विपक्...बाँकी

प्याराग्लाइडिङका ४ दुर्घटना : २ को मृत्यु, २ घाइते

प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ । पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए । सोमबार पनि माछापुच्छ्रे गाउँपालिका– ९, ठाँटीमा पोर्चुगलका एक प्याराग्लाइ...बाँकी