१२ फाल्गुन, २०७५ |
रुकुम पूर्व, १२ फागुन ।
रुकुम पूर्वको एक विद्यालयका ठूलो सङ्ख्याका विद्यार्थी एकैसाथ बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका– ६, मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकै पटक बिरामी भएका हुन् ।
आइतबार बिहान विद्यालयमा ‘प्रार्थना’ गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, ...बाँकी
१२ फाल्गुन, २०७५ |
काठमाडौं, १२ फागुन ।
सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ ।
पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सङ्गठनले सो अभियान सञ्चालन गर्न लागेको हो । नेपालमा दैनिक ७–८ जना मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान...बाँकी
१० फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
ललितपुरको नख्खुस्थित एनसेल प्रालिको मुख्यालयस्थित मूल गेटमा शुक्रबार साँझ बम विष्फोट भएको छ ।
एनसेल मुख्यालमा बम विष्फोट भएको महागनरीय प्रहरी परिसर, ललितपुरका एसपी गोविन्द थपलियाले पुष्टि गरेका छन् ।
घटनामा केही घाइते भएको थपलियाले जनाएका छन् । घटना कसले घटाएको हो र विष्फोटबाट के–कति क्षति पुग...बाँकी
१० फाल्गुन, २०७५ |
काठमाडौं, १० फागुन ।
पश्चिमी वायुको प्रभावका कारण शुक्रबार फेरि काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली हुनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशको पहाडी भूभागका केही स्थानहरुमा मध्यान्नपछि मेघगर्जनसहित छिटफुट वर्षाको सम्भ...बाँकी
१० फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं चर्चित युवानेता योगेश भट्टराईले पार्टीको केन्द्रीय सचिवालय र त्यसले शुक्रबार गरेको एकता कार्यदल विघटनसम्बन्धी निर्णयलाई चुनौती दिएका छन् ।
पार्टीको संगठनात्मक एकताको खाका बनाउन गठित नौ सदस्यीय कार्यदल विघटन गर्नेगरी सचिवालय बैठकले...बाँकी
१० फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्ने विषयमा सरकारले दुई वटा विकल्पबारे छलफल गरिरहेको खानेपानी मन्त्री विना मगरले बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको शुक्रबार जवाफ दिँदै सरकारले चाँडोभन्दा चाँडो मेलम्चीको पानीलाई काठमाडौं ल्याउन दुई वटा विकल्पमा छलफ...बाँकी
१० फाल्गुन, २०७५ |
तुलसीपुर, १० फागुन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् ।
रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा ‘नेपालको पानी र जनताको लगानी’ लाई सार्थक तुल्याउने काम भइरहेको उनले उल्लेख गरे । ‘विभिन्न स्थानमा विद्युत...बाँकी
१० फाल्गुन, २०७५ |
लहान, १० फागुन ।
शुक्रबार बिहान सिरहाको लहानमा विभिन्न ‘राष्ट्रिय’ पत्रपत्रिकाहरु जलाएका छन् ।
लहानस्थित सीता नोबेल न्युज सेन्टर अगाडि बिक्रीका लागि राखिएका कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करिव ४ सय प्रति पत्रिका अज्ञात समूहद्वारा जलाएर खरानी बनाएको हो ।
‘बिहानै पसल खोल्न पु...बाँकी
१० फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाका तर्फबाट विजयी प्रदेश– ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ ।
२४ माघमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका वलीको उपचारकै क्रममा शुक्रबार बिहान ३ बजे राजधानीस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । दाङको मुसोट खोला नजिकै दुर्घटनामा परेका वली १६ दिनसम्म ‘कोमा’ मै रहेका थिए ।
...बाँकी
९ फाल्गुन, २०७५ |
काठमाडौं, ९ फागुन ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडि...बाँकी