newskoseli.Com

एकै परिवारका ४ जनाले सेती नदीमा हाम फाले, १ को जीवितै उद्धार, ३ को अवस्था अज्ञात

  आदर्श गाउँपालिका– ४, डोटीका बमबहादुर बोहराकी श्रीमती धौली बोहरासहित दुई छोरा र एक छोरीले सेती नदीमा हाम फालेको घटना हालै सार्वजनिक भएको छ । साविक महादेवस्थान– ५ मा पर्ने देहीमाण्डौका स्थायी बासिन्दा बोहराकी २८ वर्षिया श्रीमती धौली, १२ वर्षिया छोरी राधिका, ८ वर्षिय छोरा सुरेन्द्र र ६ वर्...बाँकी

प्रधानमन्त्रीलाई कालो झन्डा : नेविसंघ नेता–कार्यकर्ता कर्‍याप्प !

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोज्ने नेविसंघका १० नेता–कार्यकर्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय कमिटीका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायतका १० जना पक्राउ परेका हुन् । त्रिभुवन विश्वविद्यालयको ५९औं वार्षिक दिवस र सिनेट बैठकलालाई स...बाँकी

७२ जिल्ला न्यायाधीशहरुको एकै पटक सरुवा (को कहाँ ? सूचीसहित)

  एकै पटक ७२ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरिएको छ भने ३८ जना न्यायाधीशहरूको पदस्थापन समेत गरिएको छ । परिषदको शुक्रबार बसेको । न्याय परिषदको बैठकले जिल्ला न्यायाधीशहरुको सरुवा र पदस्थापन गरेको हो । परिषद्ले नियमित प्रक्रिया अनुसार नै सरुवा र पदस्थापन भएको उल्लेख गरेको छ । ७२ जिल्ला न्...बाँकी

गायिका आनीछ्योइङले प्रधानमन्त्रीलाई दिइन् १ करोड ! ‘तुइन विस्थापनका लागि’ सहयोग…

  प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको ‘तुइन विस्थापन कार्यक्रम’ का लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेकी छन् । बुधबार राति नेपाल टेलिभिजनबाट प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन...बाँकी

गोविन्द केसीका भाइले भने– दाइलाई पक्राउ गरी काठमाडौं लान खोजियो

  जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीसँगै रहेका उनका भाइ किशोर केसीले दाइलाई पक्राउ गरेर सरकारले काठमाडौं लान खोजेको आरोप लगाएका छन् । डा. केसीले काठमाडौंबाट पठाइएको शिक्षा मन्त्रालयका सचिव गुणराज लोहनी नेतृत्वको सरकारी टोलीसँग भेट्न समेत अस्वीकार गरेका छन् । केसीको स्वास्थ्य अवस्...बाँकी

खोला–नदी आसपासका बासिन्दा सतर्क रहनोस् : मौसम विभाग

  जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार काठमाडौंको धोवीखोला, बागमती, शालीनदी, मनोहरालगायतका नदी क्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ...बाँकी

फेरियो ‘कान्तिपुर’ को नेतृत्व : वाग्ले फेरि प्रधान सम्पादक

  कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित ‘कान्तिपुर’ दैनिक र ‘नेपाल’ साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । यस अघिका प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी गराउँदै शुक्रबार पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले वाग्लेलाई ...बाँकी

जिप दुर्घटनामा ५ काे मृत्यु, ८ घाइते

  पाँचपोखरी थाङपाल गाउँपालिका– ४, सल्ले डाँडास्थित कच्ची सडकमा बिहीबार लु १ ख ९९९ नम्बरको बलेरो जिप सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनुका साथै ८ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सोही गाउँपालिका– ३ बस्ने ५३ वर्षीया नानी तामाङ, ६० वर्षीया जयरानी तामाङ र...बाँकी

राष्ट्रपति भण्डारीसँग फ्रान्सका राजदूतको विदाई भेट

  नेपालका लागि फ्रान्सका राजदूत Mr. Yves CARMONA ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेट गरेका छन् । राष्ट्रपति भवन, शीतलनिवासमा शुक्रबार राष्ट्रपति–राजदूतबीच विदाई भेट भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले दिएको जानकारी अनुसार सो अवसरमा फ्रान्स र नेपालबीच रहिआ...बाँकी

सरकारले तोकेको न्यूनतम पारिश्रमिकप्रति ४ मजदुर संगठनको आपत्ति

सरकारले हालै तोकेको मजदुरको न्यूनतम पारिश्रमिकप्रति चार मजदुर संगठनले आपत्ति जनाएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाँक्री, अर्को अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमल्सिन...बाँकी