newskoseli.Com

विमानस्थलमै झडप, २० को मृत्यु…

लिबियाको राजधानीस्थित एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लडाकुले आक्रमण गरेपछि सुरक्षाकर्मी र विद्राेहीबीच भएको झडपमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । आक्रमणमा परी ६३ जना घाइते भएका छन् । जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमण...बाँकी

आयोगले घोषणा गर्‍यो प्रदेश समानुपातिकका विजयीहरु, शुक्रबार प्रमाणपत्र दिने

सरकारले बुधबार प्रदेश प्रमुखहरु नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फबाट विजयीहरु घोषणा गरेको छ । प्रदेशसभाका सबै सांसदलाई शुक्रबार आयोगमै प्रमाणपत्र प्रदान गरिने समेत आयोगले जनाएको छ । मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणा...बाँकी

प्रतिवेदन सार्वजानिक गर्न माग गर्दै बर्दियामा प्रदर्शन

तराई, मधेश, थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडलगायतका घटनाहरुको सत्यतथ्य छानबिनसम्बन्धमा गठित उच्चस्तरीय छानबिन आयोगले नेपाल सरकारलाई बुझाएकोे प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबार बर्दियाको गुलरियामा प्रर्दशन गरियो । कार्यक...बाँकी

प्रदेश प्रमुख बनेका सातै जनाको यस्तो छ नालीबेली…

अंग्रेजीका प्राध्यापक गोविन्द सुब्बा प्रदेश– १ को प्रमुख बनेका छन् । ०३६ को जनमतसंग्रहपछि कांग्रेसमा लागेका धनकुटाका वासिन्दा सुब्बा सुरुमा अखिलको राजनीतिमा सक्रिय थिए । पूर्वकृषिसचिव रत्नेश्वरलाल कायस्थ प्रदेश– २ को प्रमुख बनाइएका छन् । जलस्रोतविद् कायस्थ महोत्तरीका वासिन्दा हुन् । राष्ट्रिय योज...बाँकी

बिहानै भक्तपुरमा व्यवसायीको हत्या, ३ जना पक्राउ

भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको बुधबार बिहानै हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका– ९, ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका– ९, ब्रह्मायणीमा घोप्टो परेको अवस्थाम...बाँकी

३ बजे पुनः मन्त्रिपरिषद् बैठक, प्रदेश प्रमुख र ‘राजधानी’ घोषणा…

प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दिउँसो ३ बजे पुनः बैठक बसी थप छलफल गरेर टुंग्याउने भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारे...बाँकी

जमिनबाट निस्क्यो बाफ, खतरा छैन : भूगर्भशास्त्री

स्थानीय सिउडीबार वस्ती नजिकै जमिनबाट बाफ निस्किएको छ । तर, यसबाट कुनै खतरा नभएको भूगर्भशास्त्रीले जनाएका छन् । जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको भूगर्भशास्त्रीहरुको भनाइ छ । बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्कन थालेपछि स्थानीयवासी त्रसित भएका थिए । मध्यमर्...बाँकी

रहेनन् ‘योद्धा पत्रकार’ डम्बरबहादुर

मंगलबार बिहान इनरुवा– ६, मधेशास्थित आफ्नै निवासमा सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको दम रोगका कारण निधन भएको छ । एकहत्तर वर्षीय थापाले केही साता यता नियमित औषधि सेवन गरिरहेका थिए । निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका र...बाँकी

६ महिना चल्ने मल्लकालीन ‘माछा मार्ने जात्रा’ सुरु

६ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा सूर्यमढीबाट सुरु माघेसंक्रान्तिदेखि भएको छ । पहिलो चरणमा माघ १५ सम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा जात्रा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठ...बाँकी

४० हल गोरु जुधाइए बझाङी राजाको ‘स्वागत’ मा…

माघे संक्रान्ति पर्वका अवसरमा सोमबार तारुका, वेत्रवाती र पञ्चकन्यामा ४० हल (८० वटा) गोरु जुधाइयो । किसानले पालेका गोरु प्रतिस्पर्धा अन्तर्गतको हरेक वर्ष आयोजना गरिने ‘गोरु जुधाई प्रतियोगिता’ लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदको फुर्सदिलो समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पन...बाँकी