१२ श्रावण, २०७५ |
काठमाडौं, १२ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खै कहाँ आयो अधिनायकवाद’ भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।
शनिबार राजधानीमा पार्टीसम्बद्ध जनसंगठनहरु अन्टुफ र जिफन्ट एकता संयोजन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेसस...बाँकी
११ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
सरकारले आफ्ना माग सम्बोधन गरेपछि डा. गोविन्द केसीले २७ दिन लामो १५औं अनशन तोडेका छन् । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाले त्रिवि शिक्षण अस्पतालमा बिहीबार राति जुस खुवाएर डा. केसीलाई अनशन तोडाएका हुन् ।
अनशन तोडेलगत्तै उनलाई आईसीयूमा...बाँकी
१० श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान हालै ‘फाइनल’ भएर प्रकाशन–वितरणको चरणमा पुगेको छ । विधानको धारा– ८ देखि १३ सम्म सदस्यहरुका शर्त, बन्धन र वर्गीकरण समेटिएको छ ।
के–कस्ता छन् त नेकपाका सदस्यहरुका वर्गीकरण र ‘सीमा–ब...बाँकी
९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच बुधबार साँझसम्म चलेको वार्ता असफल भएको छ ।
सिंहदरबारभित्र अवस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा असफल भएपछि आफ्ना मागबारे सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप डा. गोविन्द केसी पक्षले लगाएको छ ।
अब आफूहरुले दिएको सूचीक...बाँकी
९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रभावशाली नेता अर्थात् केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले पार्टीको प्रकाशोन्मूख विधान र पार्टी सञ्चालनसम्बन्धी कार्यविधिमा ‘उमेर हद’ निर्धारण हुनेबारे प्रकाशमा आएका समाचारहरुप्रति आपत्ति जनाएका छन् ।
गौतमका तर्फबाट उनका प्रेस संयोजक विश्वमणि सुव...बाँकी
९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइन टेप्लिजले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।
गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईल...बाँकी
८ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
‘बंगलादेशमा पढ्ने महिला डाक्टर’ बारे विवादास्पद अभिव्यक्तिका कारण विरोधमा परेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।
मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन् । लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओल...बाँकी
५ श्रावण, २०७५ |
काठमाडौं, ५ साउन ।
‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्ने बारेमा स्पष्ट योजना ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
विश्वविद्यालयको ५९औं वार्षिक दिवस र सिनेट बैठकलाई शनिबार सम्बोधन गर्दै ...बाँकी
५ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
चिकित्सा शिक्षा सुधारको माग राख्दै पन्ध्रौं अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको ‘जीवनरक्षा’ माग गर्दै शनिबार राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भयो ।
प्रदर्शनका क्रममा सहभागीहरुले डा. केसीका मागहरु तत्काल सम्बोधन गरी उनको जीवनरक्षा गर्न माग गरे । र्यालीमा पूर्वप्र...बाँकी
४ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता एवं सो पार्टीसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले केपी ओली नेतृत्वको सरकारले फासीवादी कदम चालेको आरोप लगाएका छन् ।
जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई बिहीबार राजधानी ल्याउने क्रममा सर...बाँकी