१६ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्काचर्की परेको छ । अघिल्लो बैठकले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भए तापनि अध्यक्ष ओली त्यहाँ जान नमानेपछि मंगलबारको बैठक पनि प्रधानमन्त्रीको सरकारी...बाँकी
१६ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको आज बस्ने केन्द्रीय सचिवालयको बैठकले नयाँ राजनीतिक मोड लिने भएको छ । यो बैठकले अध्यक्ष प्रचण्डसहित बहुमत पक्षको राजनीतिक प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गराई बहुमतबाट पारित गराउने बाटो अवलम्बन गर्नेछ ।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली पक्षले प्रचण्डको प्रस्ताव ‘अनधिकृत’...बाँकी
१४ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
शनिबार बसेको सत्ताधारी नेकपाको सचिवालयको बैठकमा ३८ पृष्ठको ५३ बुँदे ‘जवाफी प्रस्ताव’ वितरण गरेपछि त्यसको सारांश बताउँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्ग ओलीले कार्यकारी अध्यक्ष प्रचण्डमाथि विभिन्न आक्षेप लगाए । अध्यक्ष प्रचण्डले २८ कात्तिकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई ‘आरोपपत्र’ र ‘लाञ...बाँकी
१३ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले शनिबार बसेको सो पार्टीको सचिवालय बैठकमा ३८ पेजको ‘जवाफी राजनीतिक प्रस्ताव’ प्रस्तुत गरेका छन् । यसअघि २८ कात्तिकमा बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीका ‘बदमासी’ हरूलाई संश्लेषण गर्दै १९ पेजको राजनीतिक प्रस्ताव प्रस्तु...बाँकी
८ मंसिर, २०७७ |
चरम आन्तरिक विवादमा रुमल्लिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले उपाध्यक्ष वामदेव गौतमलाई ‘विश्वास गर्न’ नसक्दा गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को साथ खोज्न थालेका छन् ।
‘पार्टी एकत...बाँकी
७ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाभित्र सबै कमिटी र संसदीय दल समेतमा अल्पमतमा परेको चर्चा गरिएका प्रधानमन्त्री एवं अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीभित्र आफू त्यसैगरी अल्पमतमा परिसकेको कुरा घुमाउरो किसिमले व्यवहारबाटै स्वीकार गरेका छन् ।
पार्टी विभाजित गरिछाड्ने निष्कर्षमा पुगेका प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका...बाँकी
६ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक झगडामा ‘निर्णायक पोजिसन’ मा रहेका उपाध्यक्ष वामदेव गौतमले फेरि द्विअर्थी अभिव्यक्ति दिएका छन् । गौतमकै ‘दोहोरो भूमिका’ का कारण यसअघि पटक–पटक ‘फाइट टु फिनिस’ को अवस्थामा पुगे तापनि नेकपाको आन्तरिक किचलो अन्ततः सहमतिमा पुग्ने र केही समयपछि फेरि बल्झ...बाँकी
३ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको बहुविवादित सचिवालय बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाललगायतको बहुमत पक्षले जसरी पनि बस्ने र प्रधानमन्त्री एवं अर्का अध्यक्ष खड्ग ओली पक्षले नबस्ने अड्डी लिइरहेको बैठकमा अन्ततः सबै सहमागी भए ।
मंगलबारको बैठकले मंसिर १३ मा सचिवालय, १८ मा स्थायी कमिटी र २५ म...बाँकी
३ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतसाता शुक्रबार नै निर्धारित सचिवालयको बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । मंगलबार बिहानै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष खड्ग ओलीले भने ठ्याक्कै सोही समय जुधाएर मन्त्रिपरिषद् बैठक बसाल्ने सूचना गरेका थिए । तर, के...बाँकी
३० कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिकाबाट
शुक्रबार सुरू भएको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकपछि सो पार्टीका एकाथरी नेता–कार्यकर्तामा रूवाबासी मच्चिएको छ । अर्काथरी नेताहरू भने खासै बोलेका छैनन् तर तल्लो तहका कार्यकर्ता भने प्रचण्डको प्रस्ताव नै पारित भैसकेको र ओलीलाई पार्टी र राज्यसत्ता दुवैतिरबाट गलहत्याइसकिएको झैं अभिव्यक्ति दि...बाँकी