१८ चैत्र, २०७६ |
कोरोनाको सङ्क्रमण भएको आशङ्कामा हालसम्म कर्णालीबाट पठाइएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाइएकामा सबैको ‘नेगेटिभ’ देखिएको छ ।
भारतलगायत विभिन्न देशबाट आएका व्यक्तिको नमूना संकलन गरी परीक्षण गर्न काठमाडौं पठाइएको थियो । स्वास्थ्य निर्देशनालय सुर्खेतका भ...बाँकी
१७ चैत्र, २०७६ |
कोभिड– १९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमिको राधेराधेस्थित १७ तले खालि भवनमा खाद्यान्न भण्डार गरिने भएको छ । विश्व नै कोभिड– १९ को महामारीको चपेटामा परिरहेको अवस्थामा नेपालमा पनि सङ्क्रमण फैलन थालेपछि सरकारले २५ गतेसम्मका लागि थप गरेको ल...बाँकी
१७ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
राजधानीस्थित वीर अस्पतालमा कोरोना संक्रमणका आशंकित दुई जनाको मृत्यु भएको छ । यद्यपि उनीहरुमा कोरोना थियो वा थिएन भन्नेबारे परीक्षणको ततिजा आइसकेको छैन ।
हालै मात्र भारतबाट फर्किएका ५० वर्षिय एक पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षिया एक महिलाको मृत्यु भएको हो । दुवै जनामा कोरोना संक्रमण...बाँकी
१५ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
शनिबार बागलुङकी एक युवतीमा कोरोनाभाइरसको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । कतार एयरवेजको चैत ४ को उडानमा बेल्जियमबाट नेपाल आएकी अर्की २२ वर्षीया युवतीमा कोरोनाभाइरस पोजेटिभ पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ प...बाँकी
१३ चैत्र, २०७६ |
विश्वभर फैलिइरहेको कोभिड– १९ लाई थप फैलन नदिनका लागि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा कीटनाशक औषधि छर्कने कामलाई तीव्र बनाएको छ । यस क्रममा बिहीबार बिहान बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास तथा भित्री क्षेत्रमा केन्द्रित गरी औषधि ...बाँकी
१३ चैत्र, २०७६ |
चैत ६ मा एयर अरेबियाबाट नेपाल फर्किएका नेपालीमध्ये मकवानपुर जिल्लाका दुई जनाको पहिचान भएको छ । सो एयरलायन्सबाट आएका एक नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको टेकु अस्पतालमा स्वास्थ्य परीक्षणपछि पुष्टि भएको थियो ।
सोही एयरवेजबाट सँगै फर्किएका नेपालीमध्ये मकवानपुरगढी गाउँपालिकाकी ३२ वर्षीया युवती वैदेश...बाँकी
१२ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्व महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको प्रकोपका कारण भएको मृत्यु संख्यामा यसको उदगमस्थल मानिएको चीनलाई स्पेनले पनि उछिनेको छ । इटालीले यसअघि चीनलाई नै उछिनिसकेको थियो ।
बुधबारसम्मको तथ्यांकअनुसार इटालीमा ६८२०, स्पेनमा ३४३४, इरानमा २०७७, फ्रान्समा ११०० र अमेरिकामा ७८५ जनाले कोरोनाभाइरसको स...बाँकी
१२ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विदेशबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको तस्रो दिनमै विदेशबाटै आएका अर्का एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण फेला परेको छ । टेकुस्थित प्रयोगशाला परीक्षणका क्रममा नेपालभित्र तेस्रो व्यक्तिमा कोरोनाभाइरस संक्रमण भेटिएको हो ।
जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेश गुप्ताले दि...बाँकी
११ चैत्र, २०७६ |
जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार १६ जनालाई नियन्त्रणमा लिएको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोनाभाइरसको जोखिमसँग जुध्न सरकारले लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुमध्ये १० जनालाई सम्झाइबुझाइ छाडिएको छ भने ६ जनालाई...बाँकी
११ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुुई महिनाको पारिश्रमिक बराबरको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई प्रदान गर्ने भएकी छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) रोगको सङ्क्रमण फैलन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वार...बाँकी