newskoseli.Com

भौतिक पूर्वाधार विकासमन्त्री बर्खास्त

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् । उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार पदमुक्त गरेका हुन् । निर्माण व्यवसायी (ठेकेदार) समेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका छन् । पाटन उच्च अदालतले उनलाई तीन...बाँकी

घर र गाडीमा बम विस्फोट, प्रमुख सचेतक ढकाल अस्पतालमा

प्रदेशसभा– ५ मा सत्ताधारी नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विष्फोट भएको छ । सैनामैना– ७, रामापुर, रुपन्देहीमा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएका छन् । बिहीबार राति करिव २ बजेतिर बम प्रहार भएको बताइएको छ । अनुसार सचेतक ढकाल सुत्ने कोठा, उनका बुबा–आमा सुत्ने कोठा र उनले प्रयोग...बाँकी

पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई के हुन्छ सजाय ?

केही दिनअघि (२२ साउनमा) चितवनको नारायणगढ बसपार्कस्थित ‘कंगारु होटल’ मा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीकाे ‘आत्महत्या’ प्रकरणकै सिलसिलामा उनका पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । ‘न्युज २४’ टेलिभिजनको कार्यलयबाटै टिभी कार्यक्रम प्रस्तोता...बाँकी

करेन्ट लागेर कन्डक्टरको मृत्यु

निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ को निर्माण सामग्री भर्ने क्रममा बिहीबार करेन्ट लागेर नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा एक सहचालक (कन्डक्टर) को मृत्यु भएको छ । कालिका गाउँपालिका– २, रसुवाका विक्रम थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख अभिनार...बाँकी

साहित्यकार मदनमणि दीक्षितको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त (‘ट्विट’ सहित)

पुराना साहित्‍यकार मदनमणि दीक्षितको निधन भएको छ । साहित्यकार दीक्षितको राजधानीको कालिकास्थानस्थित निवासमै बिहीबार बिहान ९७ वर्षको उमेरमा निधन भएको हो । पत्रकार समेत रहेका कनकमणि दीक्षितले साहित्यकार मदनमणिको निधन भएको कुरा अंग्रेजीमा ‘ट्विट’ गर्दै अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा ...बाँकी

फेरि सर्‍यो नेकपाको सचिवालय बैठक : अब केमा मिलेन कुरा ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (बुधबार) बस्ने भनिएको सचिवालय बैठक फेरि स्थगन भएको छ । विवादित विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगन भएको हो । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर आएपछि मङ्गलबार बस्ने भनिए...बाँकी

च्याउ खाँदा आमाको मृत्यु, छोरा सिकिस्त

जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । बारेकोट गाउँपालिका– ८ की ५० वर्षीया मनमाया कुमाईंको जङ्गली च्याउ खाँदा मृत्यु भएको हो । उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा उनको मृत्यु भएको हो । च्याउ खाँदा उनका १४ वर्षीय छोरा युवराज सिकिस्त बिरामी भ...बाँकी

मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले मन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश जारी गरेको हो । मन्त्री खत्रीसहित पाँच जनाले १ करोड १० लाख ८० हजार...बाँकी

विप्लव नेकपाका जिल्ला इन्चार्जसहित ६ कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज देवीलाल पुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, ...बाँकी

सत्ताधारी नेकपाको सचिवालय बैठक बुधबार : केन्द्रीय विभागहरु र कार्यविभाजन टुंग्याइँदै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । प्रवक्ता श्...बाँकी