newskoseli.Com

आफ्नै शरीरमा आगो लगाएर भारतीय नागरिकले नेपालमा किन गरे आत्महत्या ?

अर्जुनधारा नगरपालिका, झापामा एक भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा– ६, महानन्दचोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने २३ वर्षीय भारतीय नागरिक विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरमनले ...बाँकी

यस्ता पनि वडाध्यक्ष, जसले झोलुङ्गे पुल नै बेचिदिए !

विदुर नगरपालिका– ५ र बेलकोटगढी नगरपालिका– ८ नुवकोटका वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका– ५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका– ८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री ...बाँकी

स्वदेश फर्कंदै प्रधानमन्त्री ओली : कत्तिको भयो स्वास्थ्यलाभ ?

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार पूरा गरेर शुक्रबार स्वदेश फर्कंदैछन् । प्रधानमन्त्री ओली सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट स्वदेश फर्कने जानकारी उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले दिएका छन् । प्लाज्माफेरिसिस विधिबाट मिर्गौलासम्बन्धी एन्टिबडीको उपचारका लागि भद...बाँकी

‘गाई हत्या छानबिन टोली’ घटनास्थलमा, समन्वय समितिका संयोजकलगायतसँग छलफल

सुर्खेतको कटुकामा भएको गाई हत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नुका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका ...बाँकी

मेलम्ची आयोजनामा झडप : ६ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाइफायर

मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदुर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन बिहीबार खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाइफायर समेत गरेको छ । झडपमा दुई प्रहरी र दुई पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय ...बाँकी

रवि लामिछाने पुगे उच्च अदालत, जिल्ला अदालतको आदेशलाई दिए चुनौती

चितवन जिल्ला अदालतको आदेश बदर गरिपाऊँ भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन् । लामिछाने मंगलबार उच्च अदालतमा पाटनको हेटौंडास्थित इजलासमा पुगेर निवेदन दर्ता गरेका हुन् । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपाऊँ भन्दै लामिछ...बाँकी

चितवनमा भेटिए वृद्ध र युवकका दुई शव…

चितवनका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेका छन् । भरतपुर महानगरपालिका– २, आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनाखत हुन नसकेका र घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो । यस्त...बाँकी

पहिरोले घर पुरिँदा सुतिरहेका ३ आमाछोरीको मृत्यु

भेरी नगरपालिका– २, तिमिले, जाजरकोटस्थित दलबहादुर वलीको घरलाई पहिरोले पुरिदिँदा उनकी श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । शनिबार मध्यरातपछि (आइतबार बिहान पौने २ बजे) पहिरोले घर पुर्दा वलीकी ३२ वर्षीया श्रीमती पार्वती, नौ वर्षीया छोरी मोतिकला र तीन वर्षीया छोरी धनसरा वलीको घरभित्रै पुरिएर मृत्यु ...बाँकी

‘आत्महत्या दुरूत्साहन’ मुद्धा ओखलढुंगामा पनि

‘आत्महत्या दुरूत्साहन’ को आरोपमा ओखलढुंगामा पनि एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ । चम्पादेवी गाउँपालिका– १०, की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीय युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । गोमाले तीन महिनाअघि घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन्...बाँकी

रवि लामिछानेसहित तीनै जना रिहा, अदालतले माग्यो ५ लाख र ३ लाख धरौटी

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको क्रममा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीनै जना धरौटीमा रिहा भएका छन् । ३० साउनमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई ५ लाख र युवराज कँडेललाई ३ लाख रूपैयाँ धरौटीमा र अस्मिता कार्कीलाई साधारण तारिख...बाँकी