newskoseli.Com

साना किसानको ३० करोड ऋण सरकारले गर्‍यो मिनाहा

साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिव ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको हो । ऋण मिनाहाबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित हुने जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले दिएको खबर ...बाँकी

अब सिभिल बैंकमार्फत सूर्या लाइफको जीवनबीमा

जीवनबीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले सूर्या लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सूर्या लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले मंगलबार सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन...बाँकी

ट्यांकर चालकको बारम्बार हड्ताल : माग राखे– जसरी पनि तेल चोर्न पाउनुपर्‍यो !

इन्धन बोक्ने ट्यांकरहरूले ठाउँ–ठाउँमा पटक–पटक हड्ताल गरिरहेका छन् । उनीहरूको घुमाउरो माग छ– जसरी पनि आफूहरुले तेल चोर्न पाउनुपर्‍यो ! ‘तेल चोर्न’ पाउनु पर्ने माग राखी ट्यांकर चालकहरूले दुई दिनअघि पनि दिनभरि हड्ताल गरे । विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न नेपाल आयल निगमले ल...बाँकी

मालपोत कर तिर्न दुई दिनको पैदल यात्रा !

सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो समय बितिसक्यो । तर, सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका अधिक...बाँकी

कांग्रेसको अर्थनीति : ६५ वर्षमै वृद्धभत्ता, कम्तिमा १२० दिन रोजगारी !

वार्षिक १२० दिन रोजगारी ग्यारेन्टी गर्ने र ६५ वर्ष नाघेकालाई वृद्धभत्ताको व्यवस्थापन सहित नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति पुनरावलोकनको प्रस्ताव गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सहमहामन्त्री तथा आर्थिक नीति समितिका संयोजक डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाका कार्यक...बाँकी

अनियमितताको अखडा साझालाई फेरि सरकारको साढे ८ करोड

नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलाई सरकारले फेरि अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ मा उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्...बाँकी

सर्वसाधारणलाई पनि पेन्सन दिन प्रस्ताव !

मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) को व्यवस्था गर्न सांसदहरुले प्रस्ताव गरेका छन् । उनीहरुले संघीय संसदको अर्थ समितिको मंगलबारको बैठकमा सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सनको व्यवस्था गर्न प्रस्ताव गरेको खबर बुधबारको अन्नपूर...बाँकी

‘वाइडबडी जहाज’ अब भाडामा दिन चलखेल !

नेपाल वायु सेवा निगमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान ‘वाइडबडी जहाज’ भाडामा दिने गरी सञ्चालक समतिमा ‘अनौपचारिक छलफल’ भएको रहस्य खुलेको छ । निगम सञ्चालक समितिका एक सदस्यले जहाज भाडामा दिन प्रस्ताव गरेका हुन् । कुन कम्पनीलाई भाडामा दिने भन्नेबारे नखुलाए पनि निगमका गन्तव्य नथपिएसम्मका लागि भन्...बाँकी

४ महिनाको व्यापार घाटा ५ खर्ब

चालु आर्थिक वर्षको ४ महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ४ महिनामा व्यापार घाटा ३८.१ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । सो अवधिमा ३६.१ प्रतिशतले आयातमा वृद्धि भई ५ खर्ब १३ अर्ब रुपैयाँ...बाँकी

३ महिनाभित्रै पाइपबाट पेट्रोल आउँदै : निर्माणकार्य अन्तिम चरणमा

नेपाल–भारत सरकारको उच्च प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भूभागमध्ये २१ किलोमिटर क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सम्पन्न ...बाँकी