३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सल्यान, ३१ वैशाख । सल्यान जिल्लामा बिहीबार बेलुका ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । बिहीबार बेलुका भएको भीषण वर्षाले वाफुखोला गाविसमा लाखौँको क्षति पुर्याएको छ ।
वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ ।
यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
राजधानीको सुरक्षा अत्यन्तै कडा पारिएको छ । लामो समयको मधेस आन्दोलन अब काठमाण्डौ केन्द्रित गर्ने मोर्चाको निर्णय र पुर्व निर्धारित कार्यक्रम अनुसार जेठ २ गते सिंहदरबार घेराउ गरी अन्तर्राष्ट्रियकरण गर्ने मोर्चाको निर्णयलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
विशेष परिस्थितिका कारण सिर्...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सरकारले आगामी आव २०७३/७४ का लागि व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिएको छ ।
सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते प्रस्तुत गरी सम्बोधन गरेका थिए ।
उक्त नीति तथा कार्यक्रममाथि संदनमा वैशाख २७ गतेदेखि भएको छलफल...बाँकी
३० बैशाख, २०७३ |
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसदमार्फत बिहीबार भूकम्प पुनर्निर्माणसम्बन्धी पाँच वर्षका लागि कार्ययोजना सार्वजानिक गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुस १० गतेदेखि कार्य सुरु गरेको थियो ।
प्रधानमन्त्री अाेलीले भूकम्पपश्चात पुनर्निर्माणसम्बन्धी स्पष्ट मार्गनिर्देशन कार्ययोजनाल...बाँकी
३० बैशाख, २०७३ |
व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले लोकसेवा आयोगको परीक्षा प्रणालीलाई थप वैज्ञानिक बनाउन निर्देशन दिएको छ । नेपालको संविधानले आयोगको क्षेत्राधिकार विस्तार गरेको हुँदा त्यसै अनुरुपको भूमिका बहन गर्न तथा परीक्षा प्रणालीलाई पनि थप वैज्ञानिक र प्रविधियुक्त बनाउन समितिको बिहीबारको बैठकले निर्देशन द...बाँकी
२९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
गैर अावासिय नेपाली सघंका पूर्व अध्यक्ष डा. उपेन्द्र महताेले पानामा पेपर्सले सार्वजनिक गरेकाे नाममा उनकाे पनि नाम जाेडिएपछि अाज एक विज्ञप्ति निकाल्दै विदेशमा अाफ्नाे लगानि रहेकाे र त्याे सम्वन्धित देशकाे कानुन अनुसार वैधानिक रहेकाे बताएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, 'मैले विदेशमा जेजति लगानी...बाँकी
२९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
काठमाडौँ, २९ वैशाख । विसं २०७३ को पुससम्ममा रेल कुदाउने गरी निर्माणको तयारी गरिएको जयनगर–बिजुलपुरा रेलमार्ग भारतको अघोषित नाकाबन्दीका कारण एक वर्ष ढिला हुने भएको छ ।
नेपालमा रेलमार्ग विगत वर्षदेखि नै सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा पर्दै आएको राष्ट्रिय गौरवको आयोजना भए पनि नाकाबन्दी, प्रा...बाँकी
२९ बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
एमाओवादी र एमाले बीच भएको नौ बुदे सहमतिको बिरुद्ध द्वन्द्व पीडित तथा मानव अधिकार क्षेत्रका अगुवाहरुले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार नाराबाजी गरेका छन् । मावन अधिकार विरोधी सहमति रद्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।
केहि दिन अघि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र न...बाँकी
२९ बैशाख, २०७३ |
विराटनगर, २९ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्ताम...बाँकी
२९ बैशाख, २०७३ |
नेकपा मालेको सातौँ राष्ट्रिय महाधिवेशनबाट सिपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् ।
यही वैशाख २५ गतेदेखि सुरु भएको महाधिवेशनले मैनालीलाई महासचिवमा निर्वाचित गरेको हो ।
महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । त्यसमध्ये ५४ महाधिवेशनबाट...बाँकी