
प्रदर्शनको क्रममा संघीय गठबन्धनका एक कार्यकर्तालाई आन्दोलनकारीले नै निर्घात कुटपीट गरेका छन् । सिंहदरबार घेराउ गर्न भन्दै माइतीघरमा भेला भएका आन्दोलनकारीमध्येका एक जनाले प्रहरीमाथि ढुंगा प्रहार गरेसँगै अरु आन्दोलनकारीले भिजिलान्ते भन्दै निर्घात कुटपीट गरेका हुन् । कुटपीटपछि प्रहरीले उनलाई उद्दार गरेको छ । यद्यपी परिचय खुल्न नसकेका उनी गम्भीर घाइते भएको जानकारी आएको छ । अहिले पनि माइतीघर क्षेत्रमा तनाव छ ।