newskoseli.Com

सरकारविरुद्ध खनिए कांग्रेस नेताहरु : देउवाले भने– ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो’

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाएका छन् । सोमबार नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनमा बोल्दै सभापति देउवाले सरकार प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई...बाँकी

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान : को–को सहभागी छन् भ्रमण टोलीमा ?

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्य...बाँकी

‘सर्वसाधारणको ठाउँ नओगटियोस्’ भन्दै वार्डमा सरे डा. केसी : भने– ‘प्रधानमन्त्री ओलीले बेइमानी गरे’

तीन दिनयता आर्इसीयूमा उपचारत डा. गोविन्द केसी सर्वसाधारणको ठाउँ नओगट्ने भन्दै वार्डमा सरेका छन् । वार्डमा सारिएलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले आफ्नो माग अक्षरशः पूरा नभएसम्म अनसन नतोड्ने बताए । प्रधानमन्त्री केपी ओली र डा. केसी पक्षबीच विगतमा सहमति भएकोमा प्रधानमन्त्रीले त्यसको कार...बाँकी

सरकारमै बसेर उपेन्द्रको आह्वान : ‘सरकारविरुद्ध सङ्घर्षका लागि तयार रहनोस्’

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्न सरकार तयार नभए सङ्घर्षका लागि तयार रहन ‘मधेशवासी’ हरुसँग आह्वान गरेका छन् । संविधान संशोधनकै लागि आफू सरकारमा सहभागी भएको दावी उनले गरेका छन् । मधेश आन्दोलनका क्रममा सहिद भएकाहरूको सम्झनामा ...बाँकी

पाटन दरबार स्क्वायर क्षेत्रमा प्रधानमन्त्रीको अवलोकन (हेर्नोस् १४ तस्बिर)

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रका सम्पदाको पुनर्निर्माणको अवस्थाका बारेमा जानकारी लिए । २१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा २०७२ को भूकम्पले क्षतिग्रस्त स्मारकको पुनर्...बाँकी

‘पार्टी नै एमालेलाई बुझाउन जनयुद्ध गरिएको हो ?’ : प्रचण्डहरुलाई गजुरेलको कटाक्ष

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता एवं सो पार्टी संलग्न देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का केन्द्रीय अध्यक्ष सीपी गजुरेल ‘गौरव’ ले एमालेसँग एकीकृत भएर सत्ताधारी नेकपा निर्माणमा लागेका पूर्वमाओवादी नेताहरुविरुद्ध कटाक्ष गरेका छन् । राजधानीमा आयोजित कार्यक्...बाँकी

विप्लवले गरे ‘कडा’ अपिल : ‘दलाल, भ्रष्ट, सुदखोर, तस्कर र कालोबजारियामाथि जनकारबाही’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘दलाल, भ्रष्ट, सुदखोर, तस्कर र कालोबजारीलाई जनकारबाही’ गर्ने उद्घोषसहित आम जनसमुदायमा अपिल गरेको छ । वर्तमान सरकारको कडा आलोचना गर्दै सो पार्टीले ‘जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रव...बाँकी

बहुचर्चित चिकित्सा शिक्षा विधेयक पारित : के–के व्यवस्था छन् प्रस्तावित विधेयकमा ?

प्रा.डा. गोविन्द केसीका पटक–पटकका अनशन र उनीसँगका अनेकौं सहमति समेटिने तथा सरकारी एवं निजी क्षेत्रका मेडिकल कलेजहरुसँग प्रत्यक्षतः सरोकार राख्ने बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ मध्ये १४ सद...बाँकी

महाधिवेशनको तयारीमा किराँती नेतृत्वको माओवादी केन्द्र : जनसेवाबाट सुरु गर्‍यो प्रचार अभियान

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको ठूलो तप्का एमालेसँग एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्नतिर लागेपछि त्यसमा असहमति जनाएर तत्कालीन नेकपा (माओवादी केन्द्र) लाई पुनर्गठन गरेका गोपाल किराँतीले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । किराँती...बाँकी

‘माओवादी आयो, भ्रष्टाचारीहरु होशियार !’ वैद्य माओवादीको विरोध प्रदर्शन…

‘बाइडबडी प्रकरणका भ्रष्टाचारीहरुलाई कारबाही गर, कमरेड सुरेश तामाङलाई अविलम्ब रिहाई गर’ भन्ने नारा लेखिएको ब्यानरसहित नेकपा (क्रान्तिकारी माओवादी) ले राजधानीमा विरोध प्रदर्शन गरेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को ३ नम्बर प्रदेश समितिले सोमबार काठमाडौंमा विरोध प्रदर्...बाँकी