८ भाद्र, २०७५ |
काठमाडौं, ८ भदौ ।
शुक्रबारका लागि बोलाइएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबारका लागि सरेको छ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठनका सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुबीच भएको शुक्रबार दिनभरको छलफल र सहमतिपछि ...बाँकी
८ भाद्र, २०७५ |
भीमदत्तनगर, ८ भदौ ।
कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्र रुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अर्को आदेश नभएसम्मका लागि भन्दै कर्फ्यु आदेश जारी गरेका हुन् । शुक्रबार बेलुका आन्दोलन एक्कासि उग्र हुँदा प्रहरी र आन्दोलनक...बाँकी
५ भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
निर्धारित समयभित्रै मेलम्ची खानेपानी आयोजना सम्पन्न नगरे ठेकेदार कम्पनीमाथि ‘कठोर निर्णय लिने’ चेतावनी खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दिएकी छन् ।
आयोजनाको निरीक्षण गर्न सोमबार मेलम्ची परियोजनाको साइटमा पुगेकी मन्त्री मगरले आयोजनाको ठेक्का लिएको ठेकेदार कम्पनी (सीएमसी) को हेडक्वार...बाँकी
३ भाद्र, २०७५ |
एजेन्सी
संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान ८० वर्षको उमेरमा निधन भएको छ ।
घानामा जन्मेका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए । अन्नानले सन् ११९७ देखि २००६ सम्म दुई कार्यकाल राष्ट्रसङ्घको प्रमुखका रूपमा सफलतापूर्वक पूरा गरेका थिए ...बाँकी
३ भाद्र, २०७५ |
महेन्द्रराज सिंह
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विभिन्न संहिताका नाममा हालै जारी भएका नयाँ कानुनहरु आउँदैमा सञ्चार माध्यम र सञ्चारकर्मीहरु ‘डराउनु नपर्ने’ स्पष्ट पारेका छन् ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा शुक्रबार राजधानीस्थित सञ्चारग्राममा आयोज...बाँकी
२ भाद्र, २०७५ |
काठमाडौं, २ भदौ ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकका राजनीतिज्ञमा दूरदर्शीताको अभाव भएका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको गुनासो गरेका छन् ।
पुराना कांग्रेस नेता एवं पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्...बाँकी
१ भाद्र, २०७५ |
काठमाडौं, १ भदौ ।
व्यापारीसँग चन्दा असुलेको आरोपमा सरकारले पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
नेता प्रकाण्डलाई सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल ब...बाँकी
१ भाद्र, २०७५ |
हेटौंडा, १ भदौ ।
‘अनधिकृत रुपमा’ कर बढाउने स्थानीय निकायमाथि कारबाही गरिने चेतावनी प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दिएका छन् ।
मुख्यमन्त्री कार्यालयको आयोजनामा शुक्रबार हेटौंडामा आयोजित ‘देवानी तथा फौजदारी संहिता कार्यान्वयन’ विषयक कार्यक्रममा बोल्दै २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनता...बाँकी
१ भाद्र, २०७५ |
काठमाडौं, १ भदौ ।
मानवअधिकार, जाति–भाषा समानता र नागरिक आन्दोलनका अगुवा तथा तत्कालीन विद्रोही नेकपा (माओवादी) र सत्तापक्षबीच शान्ति प्रक्रियाका सूत्राधार मानिने पद्मरत्न तुलाधरलाई भदौ १७ मा ‘भीमरथारोहण’ (ज्याःजंक्व) गराइने भएको छ ।
पूर्वमन्त्री समेत रहेका तुलाधरको ‘भीमरथारोहण’ बारे भइरहेको तयारीबारे जानक...बाँकी
३० श्रावण, २०७५ |
नुवाकोट, ३० साउन ।
विदुर नगरपालिका– ९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।
म्यागङ गाउँपालिका– २, बुङ्ताङबाट काठमाडौंका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर– ७, तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको...बाँकी