newskoseli.Com

अमेरिकामा प्रदर्शनकारीको भीडबाट गोली : ५ प्रहरीको हत्या

अमेरिकाको डलासमा भएको एक प्रदर्शनका क्रममा चलाइएको गोली लागि पाँच प्रहरी अधिकृत मारिएका छन् । घटनामा अरु ६ जना घाइते भएका छन् । गत हप्ता अश्वेत नागरिकमाथि प्रहरीले गोली चलाएको विरोधमा भएको प्रदर्शनका क्रममा कसैले माथिबाट प्रहरीमाथि गोली हान्दा ती प्रहरी अधिकारीको मृत्यु भएको डालस प्रहरी प्रमुख डे...बाँकी

इराकमा आत्मघाति हमला, कम्तीमा ३० जनाको मृत्यु

इराकको राजधानी बग्दादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमला र गोली प्रहारबाट कम्तिमा ३० जनाको मृत्यु भएको छ । इराकी सुुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले भने विस्फोटबाट ३५ जनाको मृत्यु र ६०जना भन्दा बढी घाइते भएको जनाएको छ । मुस्लिम समुदायको पवित्र पर्व इद मनाउन भेला भएकाह...बाँकी

सिरिया सरकारद्वारा ७२ घण्टे एकतर्फी युद्धविराम

सिरियामा सरकारले ७२ घण्टाका लागि एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिमहरुको पवित्र धार्मिक चाड ईदका अवसरमा सिरियाई सेनाले एकतर्फी युद्ध विरामको घोषणा गरेको हो । यो युद्धविराम शुक्रबारको मध्यरातसम्म लागु हुने छ । ईद उल फित्रका अवसरमा गरिएको यस युद्धविरामको आफूहरुले पनि सम्मान गर्ने विभिन्न वि...बाँकी

बिहेका लागि दुलाहा सुटमा सजिएर आए, दुलही बाकसमा

अमेरिकाको लस भेगासमा एउटा अनौठो विवाह सम्पन्न भएको छ । समाचार एजेन्सीहरुका अनुसार केही दिनअघि एक कलाकारले आफ्नो स्मार्टफोनसँग विवाह गरेका छन् । एरोन चेर्भेनक नाम गरेका ती कलाकारले लस भेगासमा आयोजित वैवाहिक कार्यक्रममा आफ्नो स्मार्ट फोनसँग विवाह गरेका हुन् । सुटमा सजिएर दुलाहा विवाह समारोहमा उप...बाँकी

बंगलादेशमा थप आक्रमण गर्ने आइएसको धम्की

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले बंगलादेशमा थप हमला गर्ने धम्की दिएको छ । ढाकाको एक रेस्टुरेन्टमा आतंकवादी हमला भएको एक साता नबित्दै आइएसले बंगलादेशमा थप आक्रमण गर्ने चेतावनी दिएको हो । एक भिडियो सन्देश जारी गर्दै सो संगठनले बंगलादेश सरकारलाई ‘गैर मुस्लिम’ भनेको छ । भिडिय...बाँकी

टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु

टर्कीमा सेनाको एउटा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । टर्कीको उत्तर–पूर्वी क्षेत्रमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा अन्य आठ जना घाइते भएका छन् । सेनाका उच्च अधिकारी तथा उनीहरुका परिवार सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । उनीहरु इद मनाउनका लागि गिरेसन जाँदै थिए । मृत्यु हु...बाँकी

साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट, चारजनाको मृत्यु

इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थानको रुपमा लिइने साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट भएको छ । मदिनामा रहेको पैगम्बर मुहम्मदको मस्जिद नजिक आत्मघाती आक्रमणकारीले आफूलाई विस्फोट गराएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मस्जिद नजिक रहेको सुरक्षा मुख्यालय आक्रमणको निशाना बनेको ...बाँकी

साउदीस्थित अमेरिकी वाणिज्य दूतावास नजिक आत्मघाती विस्फोट

साउदी अरेबियास्थित अमेरिकी वाणिज्य दुतावास नजिकै आत्मघाती विस्फोट भएको छ । समाचार एजेन्सीहरुका अनुसार जेद्दाहमा रहेको अमेरिकी वाणिज्य दुतावास नजिकै संदिग्ध हमलाकारीले आत्मघाती विस्फोट गराएको हो । विस्फोटमा दुई प्रहरी घाइते भएको जनाइएको छ । हमलाकारीको भने मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका ...बाँकी

बंगलादेशमा दुई दिने राष्ट्रिय शोकको घोषणा

बंगलादेशको राजधानी ढाकामा इस्लामिक अतिवादी समूह आइएसको आक्रमणमा मारिएकाहरुको स्मृतिका दुई दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । ढाकाको गुलसन क्षेत्रस्थित होले आर्टिसन वेकरी क्याफेमा गरिएको आक्रमणमा २० जना मारिएका थिए । मारिनेमा नौ जना इटालियन, सात जापानी, एक अमेरिकी र एक जना भारतीय नागरिक छन् । ...बाँकी

चीनमा पहिरोमा पुरिएका २० को मृत्यु

चीनमा केही दिनको अविरल वर्षापछि शुक्रबार बिहान गएको पहिरोमा पुरिएका २० जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गएको पहिरोमा २० जना पुरिएर रहेको शुक्रबार प्राप्त समाचारमा जनाइएको थियो । चीनको दक्षिणपश्चिमी प्रान्त गुइजोमा अविरल वर्षापछिको शुक्रबार बिहानको पहिरोमा परी ३० जना व्यक्ति पुरिएका थिए...बाँकी