newskoseli.Com

सेनाको विस्फोटक पदार्थको भण्डारमा भीषण आगलागी

श्रीलंकाली सेनाको एक क्याम्प रहेको विस्फोटक पदार्थको भण्डारमा भीषण आगलागी भएको छ । विस्फोटक पदार्थको गोदाममा भएको आगलागीका कारण धेरै विस्फोट भएका छन् । राजधानी कोलम्बोनजिक सलावामा रहेको क्याम्पमा आगलागी भएको हो । विस्फोटपछि क्याम्प नजिकका बासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको छ । विस्फोटका कारण क...बाँकी

बोको हरामको आक्रमणमा ३२ जना मारिए

अफ्रिकी मुलुक नाइजरमा आतंकवादी समूह बोको हरामले गरेको आक्रमणमा ३२ जना मारिएका छन् । मारिनेमा ३० जना नाईजर फौज र दुई जना सैनिक छन् । घटनामा थुप्रै सैनिक घाइते भएका छन् । नाइजरको दक्षिण पूर्वी क्षेत्रमा रहेको नाइजेरिया र नाइजरको सीमा बोसोस्थित सेनाको मूख्यालयमा बोको हरामले आक्रमण गरी सो सीमा क्ष...बाँकी

इरान र पाकिस्तानमाथि अमेरिकाको आरोप

अमेरिकी विदेश मन्त्रालयले इरानले आतंकवादलाई सबैभन्दा बढी बढावा दिएको आरोप लगाएको छ । मन्त्रालयले पाकिस्तानमाथि लस्कर–ए–तोइवा, जैस–ए–मोहम्मद र हक्कानी नेटवर्कविरुद्ध ठोस कारबाही नगरेको आरोप पनि लगाएको छ । विश्वभरको आतंकवादबारेमा अमेरिकी विदेश मन्त्रालयले निकालेको सन् २०१५ को प्रतिवेदनमा अघिल्लो वर...बाँकी

बन्दुकधारीको हमलामा परि सांसदसहित १० को मृत्यु

 सोमालियाको राजधानी मोगादिशुको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दुई सांसद पनि रहेका छन् ।   प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराएका थिए । र, उनीहरु त्यसपछि होटल प्रवेस गरी गोली चलाएक थिए । बीबीसीका अनुसार होटलम...बाँकी

‘आतंकवादी’ बन्न फर्म भर्दै अन्तर्वार्ता, सोधिन्छ– कहिले र कहाँ मर्ने ?

पढ्न र सरकारी जागिर खान मात्र होइन, अब ‘आतङकवादी’ सङगठनमा लाग्न समेत विधिवत ढंगबाट फर्म भरेर अन्तर्वार्ता दिई ‘उत्तीर्ण’ हुनुपर्ने समय आएको छ । संसारको सबैभन्दा ठूलो ‘आतङ्कवादी’ सङ्गठन इस्लामिक स्टेट अफ इराक–सिरिया (आईएसआईएस) मा भर्ती हुन चाहने युवाहरुले २३ वटा प्रश्नहरुको जवाफ दिँदै विधिवत् फर्म...बाँकी

शान्ति सेना चढेको गाडी एम्बुसमा पर्‍यो, ५ जनाको मृत्यु

अफ्रिकी मुलुक मालीमा खटिएका संयुक्त राष्ट्रसंघमा पाँच जना शान्ति सेना मारिएका छन् । राष्ट्रसंघका अनुसार मृत्यु हने सबै सेना अर्को अफ्रिकी मुलुक टोगोका हुन् । मालीको मोप्तो क्षेत्रमा नियमित गस्तिमा रहेको बेला ति शान्ति सेना चढेको गाडी एम्बुसमा परेको थियो । विष्फोटपछि आगलागी हुँदा ५ जनाको मृत्यु...बाँकी

डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीहरुबीच झडप

अमेरिकाको क्यालिफोर्नियास्थित सान डियागोमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीहरुबीच झडप भएको छ । झडप लगत्तै प्रहरीले शहरको सम्मेलन केन्द्र बाहिर जम्मा हुनु गैरकानुनी घोषणा गरेको छ । ३५ जनालाई पक्राउ गरिएको छ । ट्रम्प भने मेक्सिकन सीमा नजिकको शहरमा ...बाँकी

फिजीमा शक्तिशाली भूकम्प

फिजीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । फिजीको दोइ द्विपबाट १९ किलोमिटर दक्षिणतर्फ ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ । फिजीको दोइ द्विपबाट १९ किलोमिटर दक्षिणतर्फ ५७२.१ गहिराई केन्द्र भएको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ...बाँकी

जलवायु परिवर्तनका कारण अन्न विषाक्त बन्दै

संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनका कारण अन्न लगायत कृषि उत्पादन विषाक्त बन्दै गइरहेको छ । राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा यस्तो जनाइएको हो । प्रतिवेदनका अनुसार खडेरी र बढ्दो तापमानका कारण बालीमा रासायनिक तत्वको भण्डार बढ्न थालेको हो । गहुँ, मकै लगायतका केही यस्ता बाली छन् जसमा उर्व...बाँकी

फ्रान्समा चर्कियो श्रमिक आन्दोनल, आणविक केन्द्रमा समेत हड्ताल

फ्रान्समा विवादास्पद श्रम सुधारसम्बन्धी कानुनको विरोधमा सुरु गरेको आन्दोलनको असर बढ्दै गएको छ । देशभरका पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रका मजदुरले काम ठप्प पारी हड्ताल गरिरहेको बेला आज आणविक उर्जा केन्द्रमा समेत हड्ताल आव्हान गरिएको छ । फ्रान्सका कुल १९ मध्ये १६ आणविक भट्टीमा काम गर्ने मजदुरले ब...बाँकी