newskoseli.Com

यसरी आउँछ अब एसईईको प्रमाणपत्र

माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने निर्णय सरकारले लिएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार पार्नेलगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ । बिहीबारका मन्त्रिपरिषदले गरेका निर्णय सुनाउँदै सम्बन्धित विद्...बाँकी

०७६ को एसईई परीक्षा नहुने : आन्तरिक मूल्यांकनबाटै ग्रेड निर्धारण गर्ने सरकारको निर्णय

सरकारले गत शैक्षिक शत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) नै नलिने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एसईई परीक्षा नलिई विद्यालयको आन्तरिम मूल्यांकनकै आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेपछि सो परीक्षा नहुने भएको हो । मन्त्रिपरिषदको बैठकमा आन्तरिक मूल्याङ्...बाँकी

‘पढाउन पाइने, शुल्क लिन नपाइने’ : अनलाइन कक्षाकाे स्थिति

कोरोनाभाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ । लकडाउन खुलेको केही दिनपछि मात्र नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम गर्ने माध्यमका रूपमा मात्रै अनलाइन शिक्षालाई लिइने भएको छ । अनलाइ...बाँकी

रनभुल्ल शिक्षामन्त्री, अन्योलग्रस्त मन्त्रालय !

लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षाका सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन । लकडाउनको ४४औं दिन पुगिसक्दा समेत शिक्षा मन्त्रीले कुनै ठोस योजना ल्याउन सकेका छैनन् । लाखौं विद्यार्थी ‘अबको विकल्प के ?’ भन्दै प्रश्न उठाउन थालेका छन् । मुख्यतः एसईई, कक्षा ११ र १२ को परीक्षा,...बाँकी

लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिममा एसईई

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमदेखि एसईई परीक्षा सञ्चालन गर्नेगरी सरकारलाई सुझाव दिएको छ । कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो सुझाव बुझाएको हो । २५ वैशाखभित्र कक्षा १ देखि ९ को ...बाँकी

एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित

बिहीबारदेखि सञ्चालन हुने गरी अन्तिम तयारी भैसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) सरकारले स्थगन गरेको छ । कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसईई परीक्षा स्थगन गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका हुन् ।...बाँकी

एसईई परीक्षा, कोरोना सन्त्रास र शैक्षिक गतिविधिबारे शिक्षामन्त्रीकाे विशेष अपिल (पूर्णपाठसहित)

बिहीबार सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने स्पष्ट पार्दै अरु शैक्षिक गतिविधि स्थगित गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अपिल गरेका छन् । मंगलबार दुईपाने अपिल जारी जारी गर्दै मन्त्री पोखरेलले एसईई परीक्षाको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म सञ...बाँकी

स्कुलमै नर्सको सुविधा : एसईई परीक्षामा विशेष सावधानी

कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन तथा सहजरूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन हरेक परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झन्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौं अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिकरूपमा परीक्षाका लागि तयार पार्न पूर्ण सरसफाइ, विद्यार्थीको...बाँकी

एसईईका हरेक परीक्षा केन्द्रमा ‘आइसोलेसन’ कक्ष !

माध्यमिक शिक्षा परीक्षा– कक्षा १० (एसईई) का हरेक परीक्षा केन्द्रमा ‘आइसोलेसन कक्ष’ निर्माण हुने भएका छन्  । ६ चैतदेखि सुरु हुने एसईई परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरोलगायतका समस्या देखिए छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइने भएको छ । शिक्षा र स्वास्थ्यमन्त्रीको केही द...बाँकी

एसईई परीक्षा नराेकिने, पूर्वनिर्धारित तालिकामै हुने

सरकारले एसईई परीक्षा नरोक्ने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको अवस्थामा परीक्षा नरोकेको भन्दै अभिभावक महासंघलगायत सरोकारवाला निकायले भने असन्तुष्टि जनाएका छन् । शिक्षण संस्थामा केही दिन बिदा दिन गरेको आग्रहलाई बेवास्ता गर्दै सरकारले पूर्वनिर्धारित तालि...बाँकी