१० मंसिर, २०७५ |
वीरगञ्ज, १० मंसिर ।
उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठगी गरेको अभियोगमा बारा, कलैयाका चारवटा पेट्रोल पम्पलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले कार्बाही गरेको छ ।
सो कार्यालयले केही दिनअघि स्थानीय प्रहरी प्रशासनको सहयोगमा गरेको अनुगमनबाट बारा जिल्लाको कलैया उपमहानगरपालिका भित्र सञ्चानमा रहेका पेट्र...बाँकी
८ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आफूहरुका लागि नयाँ पात्र नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय संयोजक गोपाल किराँतीले उनीहरुविरुद्ध कटाक्ष गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार आयोजना गरेको जनस...बाँकी
८ मंसिर, २०७५ |
चरिकोट, ८ मंसिर ।
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ ।
काठमाडौंको काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको शनिबार मृत्यु भएको हो । अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक बासुदेव पा...बाँकी
७ मंसिर, २०७५ |
सप्तरी, ७ मङ्सिर ।
बालिकालाई बलात्कार गरेको आरोपमा घरमा पाहुना आएका ७४ वर्षीय व्यक्ति शुक्रबार पक्राउ परेका छन् ।
इन्सेक सप्तरीले ११ महिनाको अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिकामाथि बलात्कार प्रयासको घटना भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन बालिका बलात्कारको आरोपमा तिरहुत गाउँपालिकाका महावीर सरदार पक्राउ प...बाँकी
७ मंसिर, २०७५ |
ललितपुर, ७ मङ्सिर ।
कोटेश्वर–कलङ्की सडकमा बन्दै गरेका ३ वटा बाहेक थप ७ स्थानमा आकाशे पुल बन्ने भएका छन् ।
चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा ३ ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्न असहज भएपछि सरकारले थप ७ ठाउँमा आकाशे पुल बनाउन सुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घार्इ...बाँकी
७ मंसिर, २०७५ |
डोटी, ७ मङ्सिर ।
डडेल्धुरा–डोटी जोड्ने डा. केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कुल बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ ।
ट्राफिक प्रहरी पोस्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा ...बाँकी
७ मंसिर, २०७५ |
लहान, ७ मङ्सिर ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– २ स्थित कमला पुल नजिकै बिहीबार राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।
घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका– ९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपाल...बाँकी
७ मंसिर, २०७५ |
दार्चुला, ७ मङ्सिर ।
मालिकार्जुनबाट दार्चुलाको सदरमुकाम खलङ्गा आइरहेको म १ ख ४३६ नम्बरको बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
बिहीबार राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस शुक्रबार बिहान पौने ५ बजे दुर्घटना भएको हो । अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि...बाँकी
७ मंसिर, २०७५ |
दमौली, ७ मङ्सिर ।
तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ ।
रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै सोही वडाकी एक महिलाले बिहीबार जाहेरी दर्ता गराएकी थिइन् । उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । वडाध्यक्षविरुद्ध ...बाँकी
६ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । बैठकमा महासचिव विष्णु पौडेलले पार्टीको संगठनात्मक एकीकरणबारे प्रस्ताव पेस गरेका छन् ।
यसअघिको बैठकमा गठन गरिएको महासचिव पौडेल र नेता रामबहादुर थापा ‘बादल’ रहेको कार्यदलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार सुरु बै...बाँकी