newskoseli.Com

राष्ट्रियसभाका यी ‘माननीय’ को फागुन २१ मा पदावधि सकिँदै (कुन दलका को–को ? नामसहित)

राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् । नेकपा (एमाले) का ८, नेकपा (एकीकृत समाजवादी) का ४, नेकपा (माओवादी केन्द्र) का ४...बाँकी

‘मिचे’ चोलेन्द्रले : सबै मुद्दाको पेसी, प्रधानन्यायाधीशको समेत इजलास !

सर्वोच्च अदालतमा ‘आन्दोलनरत’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका सबै न्यायाधीश र नेपाल बारले जबराको राजीनामा माग्दै उनी पदमा बहाल रहेसम्म बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्धाको पेसी नतोक्न र प्रधानन्यायाधीश जबरा बेन्चमा नबस्न ‘सिरियस अपिल’ गरिरहेकै बेला ती सबैलाई ‘मिच्दै’ जबराले भने मंग...बाँकी

महाकवि देवकोटाको ११३औं जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरीे मनाइँदैछ । सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक सङ्घको आयोजनामा साहित्यिक गोष्ठी एवं शुभकामना आदानप्रदान हुने परिषद्का अध्यक्ष मनोहर पोखरेलले जानकारी दिए । साहित्यिक गोष्ठीमा देवकोटाको जीवनी र योगदानबारे चर्चा हुनुका साथै स...बाँकी

सर्वोच्चका न्यायाधीशविरूद्ध सर्वोच्चमै मुद्धा

सर्वोच्च अदालतका न्यायाधीशरू विरूद्ध मुद्धा बोकेर केही वकिलहरू सर्वोच्च अदालतमै पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै केही दिनयता लगातार इजलास बहिष्कार गर्दै आएका न्यायाधीशविरुद्ध रिट निवेदन लिएर वकिलहरू शुक्रबार सर्वोच्च अदालत पुगेका हुन् । कृष्ण प्रसाईंसहितका अधिवक्...बाँकी

‘कमेडी क्लब’ आउन ओलीलाई कलाकारको निम्तो : ‘मिलाएर आउँला’– ओलीको जवाफ

अपदस्थ प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीलाई कलाकारहरूले ‘मुन्द्रेको कमेडी क्लब’ मा आउन निम्तो दिएका छन् । चर्चित हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, सिनेअभिनेतृ करिश्मा मानन्धर र राष्ट्रियसभा सदस्य समेत रहेकी लोकगायिका कोमल वलीले अध्यक्ष ओलीलाई ‘कमेडी क्लब’ मा आउन निम्तो दिएका हुन् । भक्तपु...बाँकी

बेमौसमी बाढीपहिरो : ८७ को मृत्यु, २८ बेपत्ता

बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । बाढीपहिरोमा परेका २८ जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् । बाढीपहिरोका कारण ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सयभन्दा बढी चौपाया पनि मरेका छन् । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुबानमा परेका छन्, ५० घरमा पान...बाँकी

१६ को मृत्यु, २३ बेपत्ता, कयाैं परिवार विस्थापित : दसैंलगत्तै बाढीपहिरोको वितण्डा

दसैं सकिएर कात्तिक महिना लाग्दै गर्दा मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोले वितण्डा मच्चाएको छ । देशका विभिन्न भागमा भित्र्याउन ठीक्क पारिएको धान डुबेर किसान मारमा परेका छन् । बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ भने दर्जनौं बेपत्ता छन् । पहिरोले घर पुर्दा, घर भत्कँदा र बाढीले बगाएर १...बाँकी

उपराष्ट्रपति पासाङ रामेछाप जाँदै : गुराँसेमा तयारी पूरा

दोरम्बा गाउँपालिका, रामेछापस्थित गुराँसेमा आयोजना हुने वृहत् फुटबल प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा उद्घाटन हुने भएको छ । गुराँसेदेवी युवा क्लबको आयोजनामा सुनापति तथा दोरम्बा गाउँपालिकाको सीमास्थलमा अवस्थित गुराँसे खेलमैदानमा प्रतियोगिताको उपराष्ट्रपति पुनद्वारा १ कात्तिकमा उ...बाँकी

कम्युनिस्ट नेता एवं विप्लवका दाजु वीरजङ्गको निधन

विद्रोही नेकपाका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा निधन भएको छ । जनयुद्धअघि भएका ग्रामीण वर्गसङ्घर्ष, दसवर्षे जनयुद्ध, पञ्चायती निरङ्कुशता एवं संसदीय फासीवादविरुद्ध साहसका साथ लड्दै आएका वीरजङ्ग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का सहोदर दाजु हुन् । उनका आमा, श्र...बाँकी

मिल्यो सरकारी भागबण्डा : कुन पार्टीलाई कुन मन्त्रालय ? (सूचीसहित)

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झण्डै तीन महिनापछि दलहरूबीच मंगलबार बल्ल भागबण्डा मिलेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मंगलबार जुटेको सहमतिअनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५ र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपाले ४–...बाँकी