newskoseli.Com

प्रस्तावित २२ राजदूतको सुनुवाइ मंगलबार सुरू

k|d’v lgjf{rg cfo’Qm cg’df]bg ;+;bLo ;’g’jfO ljz]if ;ldltsf ;efklt s”naxfb’/ u’?ªsf] cWoIftfdf z’qmaf/ a;]sf] a}7sdf ;’g’jfOkl5 k|d’v lgjf{rg cfo’Qmsf nflu k|:tflat 8f= cof]lwk|;fb ofbjsf] gfd cg’df]bg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ । समितिले पाकिस्तान, ब्राजिल र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत तथा संयुक्त राष्ट्रसङ्घीय कार्यालय, भियनामा खटिएर जाने स्थायी प्रतिनिधिको मंगलबारदेखि सुनुवाइ गरिरहेको छ ।

परराष्ट्र सेवामा रहेका सहसचिव सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाश सुवेदी र डा. दुर्गाबहादुर सुवेदीको मंगलबार सुनुवाइ भइरहेको छ । समितिले प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारीबाट सुनुवाइ प्रारम्भ गरिएको हो ।

त्यसअघि बैठकको प्रारम्भमा उजुरीकर्तालाई बोलाएर जानकारी लिइएको थियो । प्रस्तावित राजदूतमाथि विभिन्न विषयसँग जोडेर ९ वटा उजुरी परेका छन् । सरकारले परराष्ट्र सेवाका ८ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका १४ गरी २२ जनाको नाम राजदूतका लागि प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले लामो समयदेखि खालि रहेका राजदूत पदमा नियुक्तिका लागि विभिन्न व्यक्तिको नाम छनोट गरी संसदीय सुनुवाइका लागि पठाएको हो ।

संसदीय सुनुवाइ समिति गठनमा भएको ढिलाइ तथा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले सुनुवाइको काम ओझेलमा परेको थियो । राजदूत सरकारका प्रतिनिधिका रुपमा रहने भएकाले सरकारले आफू अनुकूलका व्यक्तिलाई राजदूतका रुपमा पठाउने चलन रहिआएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर