newskoseli.Com

दाहालको नयाँ कीर्तिमान् : दोस्रोचोटि प्रधानमन्त्री बन्ने पहिलो वामपन्थी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार संसदबाट भारी बहुमतका साथ प्रधानमन्त्री पदमा निर्वाचित हुने पक्कापक्की भएको छ ।  प्रधानमन्त्री पदमा विजयसँगै दाहालले नेपालको इतिहासमै वामपन्थी कित्ताबाट दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बनेर नयाँ कीर्तिमान् कायम गर्नेछन् ।

यसअघि वामपन्थी कित्ताबाट प्रधानमन्त्री बनेका मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओलीलगायत कसैले पनि दोहोर्‍याएर प्रधानमन्त्रीको पदमा फर्कन पाएका छैनन् । नेपालमा गणतन्त्रको स्थापनापछि पहिलो प्रधानमन्त्री बनेर एउटा कीर्तिमान् कायम गरिसकेका दाहाललार्इ फेरि वामपन्थी कित्ताबाट दोस्रो पटक वा दोहोर्‍याएर प्रधानमन्त्री बन्ने व्यक्तिका रूपमा अर्को कीर्तिमान् कायम गर्ने संयोग जुटेको छ ।

सपथपछि क्रमशः ३, १५ र २७ सदस्यीय मन्त्रीपरिषद

Banner_PM_Dahalप्रधानमन्त्री पदमा विजय भएलगत्तै बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराउने प्रयास भइरहेको छ । बुधबारै सपथ सम्भव नभए बिहीबार शपथग्रहण गरी दाहालले पदबहाली गर्नेछन् । आफ्नै पार्टीबाट मन्त्रीमण्डलको दोस्रो पात्र चयन तथा कांग्रेसका तर्फबाट नेतृत्व गर्ने नेताबारे टुंग्याएर मन्त्रीमण्डलको सानो आकारसहित शुक्रबार मात्रै नयाँ प्रधानमन्त्रीले सपथग्रहण गर्न सक्ने समेत एकाथरीको दावी छ ।

३ सदस्यीय मन्त्रीपरिषदको पहिलो बैठकबाट कार्यारम्भ गर्ने दाहाल सरकारले सपथग्रहणको १० दिनभित्र मन्त्रीमण्डलको संख्या १५ पुर्याउने र भदौ १५ गतेभित्र २७ सदस्यीय मन्त्रीमण्डलले पूर्णाकार पाउने गरी तयारी भइरहेको माओवादी केन्द्रका एक वरिष्ठ नेताले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले धेरैलाई भाग पुर्याउनेगरी टुक्र्याएका मन्त्रालयहरुलाई पुनर्एकीकरण गरी २७ भन्दा बढी मन्त्रालय नबनाउनेगरी कांग्रेस–माओवादीबीच सहमति भइसकेको कांग्रेसका एक वरिष्ठ नेताले बताएका छन् ।

यो पनि पढ्नुहोस्–

दोस्रो पटक राष्ट्रको बागडोर सम्हाल्दै दाहाल

दाहालको एक्लो उम्मेदवारी, एमालेले विपक्षमा मतदान गर्ने

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर