रोशन दाहाल
शहरमा छोरा छोरी
पढ्ने वा जागिरको सानो बाहानामा
विचरा बाबा
हलो बोकेर काँध खुइल्याइरहेका छन्,
घाँसदाउराको भारी बोकेर
नाम्लोको पाताले तालु खोपिल्ट्यिाइ रहेछन्,
पिँडीमा बसेर खुइ्या गर्दै,
सानो आशाकासाथ कुरिरहन्छन्
छोराले शरहबाट सम्झिन्छ, सम्झिन्न भनेर ?
छोरो शहरमा ८ बजे उठ्छ
व्यस्त जिन्दगीको नामलिँदै
उठ्नेसाथ एक ‘कल’ फोन गरेर बुबालाई
मुखै नधोइ
बासी पाउरोटी मर्काउँदै
लाग्छ कार्यलयतिर ।
हातमा ठेला उठुन्जेल जाँतो घुमाउँदै,
सम्झिँदै शहरीया छोरालाई
अामा भन्छिन् बुबालार्इ: ‘हजुरलाई छोराले फोन गर्यो त ?’
मैले धेरै पटक
फोन गर्ने प्रयास गरेँ
डायल गरेको फोन पनि काटेँ,
३६५ दिनमा १ दिनमात्र बुबाको सम्झनामा
सकिन ‘ह्यापि फादर्स डे टु यू’ भन्न
मलाई माफ गरिदिनुहोस् ?
मेरो गला अवरुद्ध भए तर, हात रोकिएनन्
त्यसैले केही अक्षरहरू कोरेँ
– बडहरे–९, खोटाङ