newskoseli.Com

‘मौन अवधि’ को मौनतामा !

मौन अवधिको मौनतामा
किनबेच, छलछाम, छिनाझपटी
प्रतिघात–आघातको उत्कर्ष छ ।

मौन अवधिको मौनतामा
बेइमानी, ढाँट, त्रास
धाक–धम्की प्रबल छ ।

मौन अवधिको मौनतामा
नेता–कार्यकर्ताको सल्बलाहट
‘रात्रिकालीन भेटघाट’ को ब्यारोमिटर उच्च छ ।

मौन अवधिको मौनतामा
रक्सी–मासुको, भोजभतेरको
पकवानहरु गरिबलाई पस्किइएको छ ।

मौन अवधिको मौनतामा
अँध्यारो कोठाको कुनामा
हराउने–जिताउने योजना छ ।

मौन अवधिको मौनतामा
नेताहरु टेलिफोनमा व्यस्त
कार्यकर्ता ब्रिफकेस बोकी मस्त ।

मौन अवधिको मौनतामा
हिमाल–पहाड–तराईमा
अशिक्षा–गरिबीमा खेलिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर