newskoseli.Com

रसायनिक प्लान्ट विष्फोटमा थपको मृत्यु

जर्मनीको रसायनिक पदार्थ उत्पादक कम्पनी बास्फले यही महिना आफ्नो प्लान्ट विष्फोट भई घाइते भएका थप एक नागरिककोे मृत्यु भएको जनाएको छ ।

यसअघि उक्त प्लान्ट विष्फोटनका कारण तीन जनाको मृत्यु भएको थियो । अक्टुबर १७ गते भएको विष्फोटमा परी यसअघि एक जना डुङ्गा चालक र दुई जना अग्नी नियन्त्रकको मृत्यु भएको थियो ।

घटनामा घाइते भएका दर्जनाैं अन्य नागरिकको जर्मनीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर