newskoseli.Com

उत्तर कोरियाद्वारा जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानको सागरमा ‘अज्ञात’ क्षेप्यास्त्र प्रहार गरेको खबर दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले बिहीबार सम्प्रेषण गरेको छ । प्योङयाङले यस वर्ष गरेको यो छैटौं मिसाइल परीक्षण हो ।

प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन अमेरिकाले संयुक्त राष्ट्रसंघमा गरिरहेको प्रयासलाई चीन र रुसले रोकेका छन् । यो कदम उत्तर कोरियासम्बन्धी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बन्दसत्र बैठकअघि चालिएको हो ।

प्योङयाङको रणनीति निर्देशित क्षेप्यास्त्र परीक्षणपछि दुई हप्ताबीच दोस्रो पटक यस्तो बैठक हुन लागेको अलजजिराले जनाएको छ । आफूले सोमबार रणनीति निर्देशित दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाले पुष्टि गरेको छ । ‘कोरियाको पूर्वी सागरमा रहेको टापु लक्ष्यमा ठ्याक्कै प्रहार गरिएको छ,’ उसले भनेको छ– ‘यो एक महिनामा गरिएको चौथो मिसाइल परीक्षण थियो ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर