newskoseli.Com

३ महिनामै उठ्यो डेढ अर्बभन्दा बढी

आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३– ७४ को ३ महिनामा १ अर्ब ५४ करोड ६८ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले आ.व. को साउन, भदौ र असोज महिनामा १ अर्ब सात करोड ४९ लाख ४४ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । राजस्व सङ्कलन १ सय ४३ प्रतिशतसम्म भएको छ ।

आयकरमा ३६ करोड २५ लाख ८२ हजार, मूल्य अभिवृद्धि करमा २८ करोड ८२ लाख ७४ हजार, अन्तशुल्कमा ७९ करोड ८४ लाख ६५ हजार, घरभाडामा ३ करोड १५ लाख २७ हजार र स्वास्थ्यमा १ करोड ९६ लाख ९२ हजार रूपैयाँ र बाँकी अन्य शीर्षकमा राजश्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिए ।

कार्यालयले आयकरमा १ सय ५३, घरभाडामा १ सय २८, मूल्य अभिवृद्धि करमा १ सय १९, अन्तशुल्कमा १ सय ६४ र स्वास्थ्य सेवामा १ सय ६४ प्रतिशत कर सङ्कलन गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर