newskoseli.Com

ट्रम्पको पक्षमा सुधारात्मक परिणाम, अझै क्लिन्टन अगाडि

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका सशक्त दाबेदार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच शनिबार हुने निर्वाचनमा आ–आफ्ना चुनावी मुद्दा थप प्रभावकारी पार्दै अघि बढ्ने सार्थक प्रयास जारी नै छ ।

यसै सिलसिलामा २ प्रतिस्पर्धी र उनीहरुका शुभेच्छुकले निर्वाचनको अन्तिम तयारीस्वरुप चुनावी अभियानलाई थप सशक्त पारेका छन् ।
ट्रम्पले क्लिन्टनलाई भ्रष्ट र अयोग्य घोषणा गरेपछि ट्रम्प पक्षधर पत्रपत्रिकामा क्लिन्टनको इमेल लगायतका काण्डलाई विशेष व्याख्या गर्दै र आकर्षक बनाउँदै छाप्न थालिएका छन् ।

राष्ट्रपतिका अर्का उम्मेदवार क्लिन्टनले आफ्नो चुनावी अभियानमा शनिबार वियोन्सजस्ता सुपरस्टार गायकलगायतका आफ्ना शुभेच्छुकलाई चुनावी अभियानमा ल्याइन् । अमेरिकी सर्वेक्षणले शनिबारसम्म क्लिन्टनलाई अगाडि देखाए पनि उनको इमेल काण्डलाई एफबीआर्इले निर्वाचनको सङ्घारम आएर सशक्त रूपले उठाइदिँदा ट्रम्पप्रति यसअघि देखिएको समर्थनमा थप वृद्धि भएको देखिएको छ ।

क्लिन्टनले आफ्नो चुनावी अभियानलाई शुक्रबार र शनिबार क्लेभल्याण्ड, ओहायो, डेट्रोइट, मिचिगन क्षेत्रमा केन्द्रित बनाइन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर