newskoseli.Com

माघेसंक्रान्तिमा ४ फिल्मकाे महाभीडन्त : दर्शक दाेधारमा

प्रायः जसो हरेक बर्ष माघे संक्रान्तिको छेकोमा कम्तिमा ३ फिल्म भिडेकै हुन्छन् । यो बर्ष पनि यदि तोकिएकै मितिमा रिलिज कन्फर्म भए आउँदो पौष २९ मा ४ फिल्म भिड्ने देखिएको छ ।
निखिल उप्रेतीको फिल्म ‘किङ’ र ‘कारखाना’ले रिलिज तोकेको अवस्थामा अब अन्य २ फिल्म पनि आउने पक्का भएको छ । सौगात मल्ल स्टारर फिल्म ‘शब्द’ र केकी अधिकारी स्टारर फिल्म ‘लभसासा’ पनि रिलिज कन्फर्म भएको हो ।
‘लभसासा’ निर्देशक प्रचण्डमान श्रेष्ठले आफ्नो फिल्म पनि पौष २९ मा रिलिज हुने पुष्टि गरे । राम्रा फिल्मले दर्शक पाउने भएपनि भिडन्तले दर्शक पनि कुन फिल्म हेर्ने भन्नेमा दाेधारमा पर्छन् र बाँडिँदा घाटा सबैलाई हुने देखिन्छ फिल्मि खबरमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर