newskoseli.Com

ओखलढुंगा कला–साहित्य समाजको साधारणसभा हुँदै

ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संस्थाका रुपमा विकसित हुने प्रयासमा रहेको ओखलढुंगा कला–साहित्य समाजको प्रथम साधारणसभा हुने भएको छ ।

गायक, संगीतकारका साथै समाजसेवी गम्बु शेर्पाको अगुवाइमा केही समयअघि दर्ता प्रक्रिया सम्पन्न भएको संस्थाको शनिबार (भदौ ३० मा) राजधानीमा प्रथम साधारणसभा हुने भएको हो ।

कला र कलाकारको सम्मानसहित, ओखलढुंगा जिल्लाका साथै ओखलढुंगाबाट विभिन्न पेशा, व्यवसाय, रोजगारीका लागि देश–विदेशमा छरिएर रहेका ओखलढुंगाका सम्पूर्ण कलाकार–साहित्यकारलाई एकजुट बनाउने एक आधिकारिक संस्थाको परिकल्पना गरिएको संस्थाका संस्थापक अधक्ष्य गम्बु शेर्पाले बताएका छन् ।

प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै कला र कलाकारसँग सम्बन्धित कामहरुको सुरुआत गर्ने बताइएको छ । राष्ट्रिरय गानका रचयिता ब्याकुल माइला, वरिष्ठ गायक नविन ढुंगेल, गायक–संगीतकार शक्त्तिकुमार श्रेष्ठ, गायक–संगीतकार महाप्रसाद खनाल, लोकगायक माधव दाहाललगायतका कलासाधकहरु एवं विशिष्ट व्यक्तिहरुको सल्लाहवमोजिम संस्थाको उदय भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर