अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलारी रोधाम क्लिन्टन रहेकि थिइन् ।
यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्नो विजयको घोषणासँगै आफ्ना समर्थकका विशाल सभालाई सम्बोधन गर्दै आफू सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन् ।
हिलारीले देशको लागि गरेकाे कडा परिश्रम र सेवाप्रति आफू आभारी भएको समेत बताएकि छिन् । यसैगरी क्लिन्टनले टेलिफोनमार्फत आफूलाई बधाई दिएकाे ट्रम्पले बताएका छन् । साथै क्लिन्टनले आफ्नु पराजय स्विकार गरेका छन् ।
यहाँसम्म दुबै उम्मेदवारले हासिल गरेका राष्ट्रपति पद चयनार्थ प्रदान हुने “विशेष मत” (इलेक्टोरल कलेज भोट) गणना गर्दा ट्रम्पले २ सय ८८ र क्लिन्टनले २ सय १५ मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा विजयी हुन् २ सय ७० इलेक्टोरल कलेज भोटको प्रष्ट बहुमत आवश्यक पर्दछ ।