newskoseli.Com

बढ्दो कर छल्ने प्रवृत्ति

जिल्लामा कर छल्ने प्रवृत्ति बढ्दै गएको छ । जिल्लाका ठूला करदाताले समयमा कर तिरे पनि साना करदाताले भने राजस्व छल्ने गरेका छन् । राजस्व छल्ने करदाताको खोजी गर्न अभियान सञ्चालन गरिएको प्रमुख कर अधिकृत रामप्रसाद पाठकले बताए ।

“जनशक्तिको अभावका कारण विगत वर्षमा कर छल्ने करदाताको खोजी गर्न सकिएको थिएन,” उनले भने । चालु आवमा करदाताको खोजी अभियानलाई तीब्र पारिएको उनको भनाइ छ । चालु आवको साउनदेखि असोजसम्ममा १ अर्ब ६३ करोड रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेकामा कार्यालयले हालसम्म १ अर्ब ७१ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

जिल्लामा ठूला साना गरी ४१ हजार करदाता रहेका छन् । साना करदाताबाट कर छल्ने प्रवृत्ति बढ्दै गएको छ । आव २०७२/७३ मा ५ अर्ब ३३ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा कार्यालयले ५ अर्ब ५० करोड रूपैयाँ राजस्व सङ्कलन गरेको थियो । । चालु आवमा ७ अर्ब ५० करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएको कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर