newskoseli.Com

यमन युद्धविराम अन्त्यसँगै भएको झडपमा उन्नाइस जनाको मृत्यु

यसमनमा द्वन्द्वरत हुठी विद्रोही सरकारवाहीबीच अमेरिकी पहलमा गराइएको युद्ध विराम ४८ घन्टापछि अन्त्य भएको घोषाणा भएसँगै यहाँ भएको झडपमा मङ्गलबार १९ जनाको मृत्यु भएको यमनी सैनिक अधिकारीले बताएका छन् ।

यमनी हुठी विद्रोहीको राम्रो पकड रहेको तायज शहर वरपरका क्षेत्रमा हुठी विद्रोहीद्वारा यमनी राष्ट्रपति अवेद्रब्बो मन्सुर हाडी समर्थक सेनामाथि भएको आक्रमणको प्रंतिकार गर्ने क्रममा अधिकांश विद्रोही तथा उनीहरुका सहयोगी तर्फ उक्त हताहती भएको हो ।

प्रत्याक्रमणमा साउदी अरव नेतृत्वको गठनबन्धन सेनाले हवाई आक्रमण गरी विद्रोहीलाई हट्न बाध्य तुल्याएको बताइएको छ ।

घटनामा विद्रोहीतर्फ ११ लडाकूको मृत्यु भएको छ भने पाँच जना सैनिक अधिकारीको पनि झडप मृत्युभएको छ । विद्रोहीको आक्रमणमा सोमबार पनि दुई सेनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर