एमाओवादी र एमाले बीच भएको नौ बुदे सहमतिको बिरुद्ध द्वन्द्व पीडित तथा मानव अधिकार क्षेत्रका अगुवाहरुले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार नाराबाजी गरेका छन् । मावन अधिकार विरोधी सहमति रद्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।
केहि दिन अघि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको नौ बुदे सम्झौतामा मानव अधिकार विरोधी सम्झौता भएको भन्दै उक्त सम्झौता खारेज गर्न माग गरेका छन् ।
त्यसैगरी ९ बुदे सम्झौतामा रहेको पीडित विरोधी मुद्धा समेत खारेज गर्न उनीहरुमो माग छ ।