भियतनामको उत्तरी क्षेत्रमा पर्नेलाई चाउ प्रदेशमा विषाक्त खानाका कारण ६ जनाको मृत्यु भएको छ । अन्य १० जना सिकिस्त विरामी छन् ।
स्थानीय अधिकारीले मङ्गलबार दिएको जानकारी अनुसार, सिकस्त विरामी सबैलाई अस्पतालमा भर्ना गरिएको छ ।
एउटा अन्त्यष्टि कार्यक्रमपछि भएको सामुहिक भोजमा खाना खाएकामध्ये ६ जनाको मृत्यु हुनुका साथै १० जना सिकिस्त बिरामी भएको प्रारम्भिक विवरणमा जनाएको छ ।
प्रान्तीय अस्पतालका निमित्त प्रमुख हा त्रुङ दुङले उनीहरुलाई सोमबार राति अवेर अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएका मध्ये एक जनाको अवस्था गम्भिर रहेको उनले बताए ।
घटनाका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जानकारी दिए।