फिलिपिन्सको एउटा जेलमा थुनामा रहेका १३ जना थुनुवा आइतबार जेल तोडेर फरार भएका छन् । फिलिपिन्समा केही समयदेखि यसरी जेल तोडेर भाग्ने शृङ्खला चलिरहेको छ । सान फर्नाण्डो सहरमा रहेको जेलबाट उनीहरुले प्रहरीलाई समेत छलेर फरार भएका फिलिपिन्सको लागु औषध नियन्त्रण निकायका प्रवक्ता डेरिक एर्नोल्ड क्यारोनले जानकारी दिए।
“घटनाको अनुसन्धान गर्दा यो थाहा भयो की, उनीहरुले धातुको प्रयोग गरी सुरुङ बनाएर त्यहीबाट उनीहरु भागेका देखिएको छ,” उनले भने । जेलबाट यसरी सामुहिकरुपमा भाग्ने क्रम प्रायजसो भइरहने समस्या हो । जेलहरुको भौतिक तथा सुरक्षा व्यवस्था राम्रोसँग नगरेकाले यस्तो भएको बताइन्छ । गत जनवरीमा मात्रै फिलिपिन्सको सवै भन्दा ठूलो जेल तोडेर १५० भन्दा बढी थुनुवा भागेका थिए ।