अफगानिस्तानको हेलमान्ड प्रान्तको प्रान्तीय राजधानी लसकार गाहमा रहेको प्रहरी जाँचचौकी मङ्गलबार १२ जना प्रहरीको मृत्यु भएको छ । केन्द्रीय राजधानी काबुलदेखि ५५५ किलोमिटर दक्षिणतर्फ पर्ने लसकार गाहमा अचानकरुपमा मङ्गलबार एकाबिहानै आक्रमणमा परी ती १२ प्रहरीको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रहरीहरु आफ्ना कार्यालयको कार्यमा खटिइरहेका हातहतियारसहित आएर तालिवान आतङ्ककारी एकाएक आक्रमण गरेका र यसमा प्रहरीभित्रको व्यक्तिरुको सहयोगी भूमिका रहेको हुनसक्ने अनुमान गरिएको अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । तालिवानी नेता कारी युसुफ अहमदीले १२ जना प्रहरीको मृत्यु हुनेगरी भएको यस आतङ्ककाकरी आक्रमणको जिम्मा लिएको बताएका छन ।
हेलमान्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जवाकले प्रहरी जाँचचौकी आक्रमण भएको घटनाको पुष्टी गरेकाे छ । उनले भने, “दुर्घटना भएको हो, तर घटनाका बारेमा अहिले विस्तृत विवरण प्राप्त नभएको अनुसन्धान जारी रहेको बताएका छन् । हेलमान्डको छिमेकमा पर्ने कान्दाहर प्रान्मा रहेको एक प्रहरी जाँचचौकीमा ४० दिनअघि भएका यस्तै घटनामा १६ प्रहरी अधिकारीको मृत्यु भएको थियो ।