कम्बोडियाको सामुद्रिक सहर सिहानोउक्भिलेमा रहेको तालमा काठै एक डुङ्गा पल्टिदाँ भएको दुर्घटनामा परी कम्तीमा ७ कम्बोडियाली बालिकाको मृत्यु भएको छ । काठबाट बनेको सानो डुङ्गामा सवार रहेका ती बालिका ६ देखि १३ वर्षसम्मका रहेका बताएको छ ।
ती बालिका नौ स्थानीय बालबालिकासँग डुङ्गा खियाउँदै यात्रामा गईरहेका कम्पोङ्ग सोम प्रान्तमा प्रहरी प्रमुख चुओन नरिनले एएफपी समाचार समितिलाई बताए । एक केटा र केटीलाई भने सुरक्षित उद्धार गरेर उपचारार्थ अस्पतालमा लगिएको पनि नरिनले बताए । स्थानीय सञ्चार माध्याम ती स¬¬–साना बालिकाको शवलाई लिएर शोकमय भएका आफन्तहरु अत्यन्त मार्मिक फोटो देखाएको छ ।