विश्वकै सबैभन्दा वृद्धि इटालीकी महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उनी ११६ वर्षकी थिइन ।
लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले बताए, जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ ।
उक्त वृद्धाश्रममा तीन दशकदेखि बस्दै आउनुभएकी जोन्स गत १० दिनयतादेखि बिरामी थिइन ।
उनकाेको मन्टगोमेरी अलावामामा सन् १८९९ मा जन्म भएको थियो ।
जोन्सको जीवनी
एघार जना दाजुभाइ/दिदीबहिनीमध्ये एक जोन्सले काला किशोरीहरुका लागि स्थापना गरिएको विशेष विद्यालयमा अध्ययन गरी सन् १९२२ मा माध्यमिक तह उत्तीर्ण गरेकी थिइन ।
जोन्सले केही वर्ष वैवाहिक जीवन बिताए भए पनि उनकाे कोखबाट कुनै सन्तान भने जन्मेका थिएनन् ।
गत वर्ष जापानकी मिसाओ ओकावाको ११७ वर्षको उमेरमा टोकियोमा निधन भएपछि विश्वकी सबैभन्दा वृद्ध मानवका रूपमा उनको नाम गिनिज बुक अफ वल्ड रेकर्डस्मा लेखिएको थियो ।
अब सवैभन्दा जेठी इटालीकी मोरानो
जोन्सको मृत्युपश्चात उनभन्दा केही महिना कान्छी इटालीको मर्वानीयाकी ११६ वर्षीया इम्मा मोरानो विश्वकी सबैभन्दा वृद्ध व्यक्ति हुनुहुनेछ, योङले बताए ।
यद्यपि मोरानोलाई औपचारिक रूपमा सबैभन्दा वृद्ध मानिस घोषणा गरिसकिएको छैन, वरिष्ठ चिकित्सक योङले बताए । रासस/एपी