तिम्रो उखान, तिम्रो टुक्का जेसुकैले हेपे पनि
सृष्टि थेग्ने शक्ति उनमै जस्तो तिमीले देखे पनि ।
समाजको संरचना, तिम्रै सोचमा लेखे पनि
उभिएको आफैं भन्छौ, उनकै भरमा टेके पनि
दामी, ज्ञानी आफैं सोच्छौ अरुलाई हेपे पनि
पूजारीको नाम दिन्छौ मानवव्यापार खेपे पनि ।
तितो मन, गुलियो जिब्रो जति भाषण फुके पनि
तिम्रो मुहार सफा हुन्न ऐना जति पुछे पनि
सजिलोलाई छाडौं अब, जिउने सोचौं सार्थक जीवन
एउटै रथका पांग्रा हामी, एउटै हुन्छ हाम्रो यो मन ।