newskoseli.Com

राष्ट्रपतिभवन मुक्त गराउँन खोज्दा २७ को मृत्यु

यमन सरकारको सैन्य बलले शनिबार दक्षिणी प्रान्त तायजस्थित राष्ट्रपति कार्यालयलाई फिर्ता लिन गरेको सुरक्षा कारबाहीमा परी २७ जनाको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।

तायजका प्रायःजसो भूभाग विद्रोही सिया हुथी विद्रोहीको नियन्त्रणमा रहिरहेका समय संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त यमनी राष्ट्रपति अवेद्रब्वो मन्सुर हाडीको प्रशासनले गरेका सुरक्षा कारबाहीमा १९ जना विद्रोहीको मृत्यु भएको छ । झडपमा परी ८ जना सरकारी सुरक्षाकर्मी (सेना) ले शाहदत प्राप्त गरेका नाम नबताउने सर्तमा एक उच्च सैनिकले बताए ।

तायजमा रहेको उक्त दरबार अझै इरानद्वारा सहयोग प्राप्त हुथी विद्रोहीको नियन्त्रणमा रहेको छ । हुथी विद्रोहीलाई पदबाट आन्दोलनको बलमा हटाइएका पूर्व राष्टपति अलि अब्दुल्लाह सालेह पक्षधर पूर्व यमनी सेनाको पनि सहयोग रहेको छ । हाडी प्रशासनका अनुसार सेना अब दरबारको निकै नजिक पुग्न सफल भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर