newskoseli.Com

आईएमईले ल्यायो १० लाखसम्म पुरस्कारको दसैं–तिहार र छठ योजना

आईएमईले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ ।

भदौ १२ देखि मंसिर ३ (१२ हप्ता) सम्म सञ्चालन हुने सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश–विदेशका लाखौं सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्रबाट छनोट हुने ६० जनालाई १ सय रुपैयाँ बराबरको आईएमई पे क्यास, हरेक १५–१५ दिनमा १–१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवनबीमा र हरेक ६–६ हप्तामा १–१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

योजनाअन्तर्गत अन्तर्राष्ट्रिय–आन्तरिक कारोबारको हकमा पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्सन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्ने आफन्तलाई पुरस्कार प्रदान गरिनेछ ।

IME2

यस योजनामा आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् । आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट सञ्चालक तथा आईएमईसम्बद्ध कुनै पनि व्यक्ति भने यो योजनामा सहभागी हुन पाउने छैनन् ।

कम्पनीका जनसम्पर्क प्रबन्धक राजु पौडेल र बजार अधिकृत श्वेता बाग्लाले आइतबार विज्ञप्ति जारी गर्दै जनाए अनुसार जीवनबीमा प्राप्त गर्ने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नुपर्नेछ । आईएमईका जुनसुकै एजेन्ट सञ्जालमार्फत् रेमिट्यान्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।

सरकारको नियमानुसार लाग्ने कर सेवाग्राहीले उपहार ग्रहण गर्नुपूर्व नै भुक्तान गर्नुपर्ने र योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुने पनि आईएमईको विज्ञप्तिमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर