newskoseli.Com

दोस्रो पटक घोषित भए ८ नेपाली साहित्यदूत

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले नेपाली साहित्यका महत्त्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत– २०१८ घोषणा गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा. लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम आइतबारको बैठकमा अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई देश–विदेशमा चिनाउने उत्कृष्ट ८ साहित्यकारलाई हिमालहरुका नाम जोडेर सम्मान घोषणा गरेका हुन् ।

नेपाली साहित्यदूत (सगरमाथा) तुलसी दिवस र नेपाली साहित्यदूत (कञ्चनजंघा) प्रा.डा. टंकप्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्यदूत (ल्होत्से) मनप्रसाद सुब्बा र नेपाली साहित्यदूत भीम विरही (भारत), नेपाली साहित्यदूत (मकालु) टेकनारायण रिमाल र नेपाली साहित्यदूत (मनासलु) ठाकुरप्रसाद गुरागाईं (म्यानमार), नेपाली साहित्यदूत (चोयु) भक्त घिमिरे (भुटान/अमेरिका) र नेपाली साहित्यदूत (धौलागिरि) अन्नपूर्णलक्ष्मी राई (बेलायत) लाई घोषित भएका छन् ।

सम्मानित स्रष्टालाई ताम्रपत्रसहित सम्मान अर्पण गरिने बताइएको छ । यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासङ्घले साहित्यदूत घोषणा गरेको जानकारी महासङ्घका राजु सुब्बाले दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर