newskoseli.Com

रहेनन् ‘आमा–दिदी–बहिनी…’ का गायक : सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन

नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो ।

कलंकीस्थित घरमा पक्षाघात भएर १ भदौमा एकाउक लडेका उनलाई परिवारका सदस्यले तत्कालै अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको उपचारमा संलग्न डा. रोहन झाले बताए । मुटु, फोक्सो, महुमेह र उच्च रत्तचापलगायतका दीर्घरोगबाट पीडित टुहुरेको शल्यक्रिया हुन सकेन ।

दोस्रो संविधानसभा सदस्य समेत रहेका जनगायक टुहुरेको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ देखि २ बजेसम्म माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीले जनाएका छन् । त्यसलगत्तै बिहीबारै पशुपतिस्थित आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ ।

‘आमा–दिदी–बहिनी हो…’ उनको सर्वाधिक चर्चित जनवादी गीत हो । उनको सुमधुर स्वरलहरीमा सयौं जनवादी गीत रेकर्ड भएका छन् । उनले करिव आधा दशक नेपाल र प्रवासका गाउँवस्ती र सहर–गल्ली डुलेर जनताका गीत गाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर