newskoseli.Com

म्यानपावरको धरौटी : ठूला कम्पनीलाई ६ करोड, सानालाई ३ करोड

म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करोडबाट ८ करोड रुपैयाँ पुर्‍याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांक अनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ ।

सबै म्यानपावरले ६ करोडको एकै खाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीमा दुईथरी राख्ने तयारी गरेको हो । विदेशमा धेरै कामदार पठाउने म्यानपावरको धरौटी धेरै र थोरै कामदार पठाउनेको कम गर्ने व्यवस्था मिलाउन सरकार लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार नयाँ व्यवस्थामा वार्षिक ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावर कम्पनीलाई ६ करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ । यस्ता कम्पनीले २ करोड रुपैयाँ नगदै र बाँकी ४ करोड बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नु पर्नेछ ।

वार्षिक ५ हजारभन्दा कम कामदार पठाउने कम्पनीलाई नगद १ करोड र २ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्ने व्यवस्था गरिएको छ । यो हिसाबले एक खाले म्यानपावर कम्पनीलाई ६ करोड र अर्को किसिमकालाई ३ करोड धरौटी व्यवस्था गर्न लागिएको हो खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर