newskoseli.Com

‘शिक्षित बेरोजगार’ हुनुहुन्छ ? शैक्षिक प्रमाणपत्र धितो राखेर लिनोस् ऋण !

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले त्यसरी ऋण दिने भएको छ ।

घोराही उपमहानगरपालिका–१५ स्थित ‘सिसा सगुन बचत तथा ऋण सहकारी संस्था’ ले ‘शिक्षित बेरोजगार’ युवालाई स्वरोजगार बनाउन यस्तो नीति ल्याएको जनाएको छ । शिक्षित भएर पनि अर्थाभाव भाएका तर कुनै व्यवसाय गर्न चाहने युवाका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरिएको जानकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माले दिएका छन् ।

संस्थाको साधारसभाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति पारित गरिसकेको जनाउँदै सहरी रोजगार तथा सहरी प्रवर्द्धन शाखाले अनुमोदन गरेर स्वीकृति दिनासाथ कार्यान्वयनमा जाने अध्यक्ष शर्माले बताए । एसर्इर्इ उत्तीर्ण भएकालाई २५ हजार, प्लस टु गरेकालाई ५० हजार, स्नातक गरेकालाई ३ लाख र स्नातकोत्तर गरेकालाई ५ लाख रुपैयाँसम्म कर्जा दिइने भएको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कामका लागि संस्थाले ५० लाख रुपैयाँ बजेट छुट्याइसकेको जानकारी सहकारीका अध्यक्ष शर्माले दिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर