newskoseli.Com

तल्लो मोदी एक जलविद्युत् आयोजनाको मर्मत सम्पन्न

मोदीखोलामा आएको बाढीले क्षति पु¥याउँदा बन्द रहेको पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला ए जलविद्युत् आयोजनाको मर्मतकार्य पूर्णरुपमा सम्पन्न भएको छ ।

गत साउन १३ गते आएको बाढीले क्षतिग्रस्त भएको विद्युत्गृह र उपकरणको मर्मत यसैसाता पूर्णरुपमा सम्पन्न भएको हो ।

साउनमा क्षतिग्रस्त बनेको आयोजना मर्मतपछि गत मङ्सिरबाट एकवटा टर्वाइनबाट मात्र विद्युत् उत्पादन सञ्चालन भएकामा गत मङ्गलबारदेखि पूर्णरुपमा मर्मत सकिएर दुईवटै टर्वाइन सञ्चालन भएको हो ।

बाढीले पूर्ण क्षति भएको आयोजना मङ्सिर २८ गते चार महिनापछि सञ्चालन भएको थियो । पूर्णरुपमा मर्मत सकिएसँगै आयोजनाबाट उत्पादनसमेत सञ्चालन भएको इन्जिनियर विपिन शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले आयोजनाबाट छ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यसअघि एउटामात्र टर्वाइन सञ्चालन हुँदा तीनदेखि चार मेगावाटसम्म उत्पादन भएको उनले बताए ।

मोदीखोलामा ६० वर्षपछि आएको ठूलो बाढीले आयोजनाको विद्युत्गृह, सडक र नहरमा गरी रु ३० करोडभन्दा बढी क्षति पु¥याएको थियो ।
निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले झन्डै चार वर्ष पहिलेदेखि विद्युत् उत्पादन थालेको थियो ।

आयोजनाको विद्युत् उत्पादन बन्द हुँदा उत्पादनतर्फ मात्रै रु १२ करोडभन्दा बढी नोक्सानी भएको थियो । एक महिना विद्युत् बन्द हुँदा  चार करोड घाटा हुने पनि आयोजनाले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर