newskoseli.Com

स्थानीय तहले ज्येष्ठ नागरिकलाई ‘तीर्थयात्रा’ लैजाने !

तुलसीपुर उपमहानगरपालिकाले अब ज्येष्ठ नागरिकलाई ‘तीर्थयात्रा’ लैजाने भएको छ । नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर उपमहानगरपालिकाले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेशका विभिन्न पर्यटकीय क्षेमा ‘तीर्थयात्रा’ गराउने योजना अगाडि सारेको हो ।

उपमहानगरपालिकाले ६० वर्ष नाघेका सबै ज्येष्ठ नगारिकलाई परिचयपत्र वितरण गर्ने र ज्येष्ठ नागरिकलाई दिनभरको समयमा बस्नलाई दिवा सेवा केन्द्र स्थापना गर्ने नीति समेत अघि सारेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले आगामी वर्ष ‘उपमेयर महिला सुरक्षा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । लैंगिक हिंसामा परेका महिलाहरुको उपचार, पुनर्स्थापना र सुरक्षाका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए ।

उपमहानगरपालिकालाई सडक बालबालिकामुक्त बनाइने, अपाङ्गता भएका व्यक्तिलाई सिप प्रदान गर्ने र नगर क्षेत्रलाई सडक मानवमुक्त बनाउने नीति समेत अघि सारेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर